विना हातहतियार जम्मा हुने, भेला-सम्मेलन गर्ने र खुल्ला रुपमा हिंडदुल गर्न पाउने अधिकारलाई लत्याउन्दै १०९ औँ अन्तर्रा्िष्ट्रय श्रमिक महिला दिवस मनाइरहेका विप्लव नेतृत्वको अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी सो पार्टीका केन्द्रिय सदस्य उत्तमसहित छ जनालाई पक्राउ गरेको छ भने उता बझाङबाट प्रदेश सभा सांसद बनेकी देवकी मल्ललाई बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नियन्त्रणमा लिएको प्राप्त समाचारमा जनाइएको छ ।
अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) केन्द्रीय समितिले रत्नपार्क शान्त्विाटिकामा आयोजना गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरि ६ जनालाई गिरफ्तार गरेको हो । गिरफ्तार पर्नेहरुमा पार्टीका केन्द्रिय सदस्य राम कुमार अधिकारी “उत्तम”, नविन विष्ट , अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) केन्द्रीय सदस्य पुर्णिमा धामि, विमला भण्डारी, रुकमणि पुडासैनि र उषा भुजेल रहेका छन् ।
पक्राउ परेका ६ जनालाई नै महानगरिय प्रहरी वृत्त दरवारमार्गमा राखिएको छ । प्रहरी हस्तक्षेपका बाबजुत र्याली लगायतका कार्यक्रम भने अनेमसंघ(क्रान्तिकारी)ले सम्पन्न गरेको छ ।
उता नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बझाङबाट प्रदेश सभा सांसद बनेकी देवकी मल्ललाई नियन्त्रणमा लिएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले सांसद मल्लको अपहरण भएको पुष्टि गरे । उनलाई बागथला र देउराबीचको कोइराला खोलाबाट नेकपाले लगेको प्रजिअ सुनारले जानकारी दिए ।
सांसद मल्लले आफ्ना नातेदारलाई आफु कार्यक्रममा हिडिरहेको बेला १५ / २० जनाको अपरिचित समुह आएर” छलफल गर्नु छ” भनेर सरप्राइज दिएर नियन्त्रणमा लिएको जानकारी दिएकी छिन ।
उता नेपाल कम्युनिष्ट पार्टीले सांसद मल्ल आफ्नो नियन्त्रणमा भए/नभएको बारे केही जानकारी दिएको छैन l तर केही दिन अगाडी गिरफ्तार भएकी नेकपाकी केन्द्रिय सदस्य एबम अखिल नेपाल महिला संघ (क्रान्तिकारी)कि केन्द्रिय संयोजक बन्धु चन्दलाई गिरफ्तार गराउने भुमिका खेलेको, निर्मला हत्याकाण्डमा अपराधीलाई जोगाउने भुमिका खेलेको लगायतका आरोपमा उनलाई नेकपाले कब्जामा लिएको समाचार स्रोतले बताएको छ ।
देवकी मलला २०७४ कार्तिकमा भएको प्रदेश सभा निर्वाचनमा बझाङ ख बाट माओवादी केन्द्रका तर्फवाट विजयी भएकी थिइन्।