करीब १७ हजार नेपालीको रगतको खोलोमा सत्ताको बागडोरमा निर्णायक बनेका पुष्पकमल दाहालले शहीद सप्ताहको अन्तिम दिन बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई राजनीतिक सहमतिमा नआए बल प्रयोग गर्ने धम्की दिए ।
त्यसै दिन झापामा टाउको गिंड आन्दोलन गरेर राजनीतिक आन्दोलनमा होमिएका वर्तमान प्रधानमंत्री केपीशर्मा ओलीले “कम्युनिष्ट पार्टीको लोगो र झण्डा प्रयोग गरेर चक्कुदेखाउन्दै लुट्न दिइने छैन । कारबाही हुन्छ” भनेर नेपाल कम्युनिष्ट पार्टीलाई कम आंकलन गर्दै सो पार्टीबिरुद्ध कारवाहीको संकेत दिए ।
तर सर्वहारा वर्गको राज्यसत्ताप्राप्तिको नारा दिएर सशस्त्र क्रान्तिको बाटो अपनाउंदै दुई-तिहाइको मतको सरकार निर्माण गरेर सत्तामा पुगेका सत्तारुढ नेकपाका अध्यक्षद्वयले यस्तो संकेत गरिरहँदा देशमा असुरक्षा, भ्रस्टाचार, अन्याय, अत्याचार वलात्कार ब्याप्त छ l जनताले मुलुकमा कम्युनिष्ट सरकार भएको अनुभूति गरिरहेका छैनन् । देश बिखण्डनको बाटोमा गैरहेको राजनीतिक नेताहरु स्वयम् बोलिरहेका छन् । नेपाली रास्ट्रियता कमजोर बनिरहेको छ । मुलुक कमजोर बनाउने उद्देश्यका साथ धार्मिक एबम साम्प्रदायिक द्वन्द्व बढाउने कोशिश भैरहेको छ । नातावाद र कृपावादले देशमा जरो गाडेको छ । गरीब, किसान र मजदुरजस्ता आधारभूतवर्गको जीवनस्तर उठ्नुको सट्टा दिनप्रतिदिन खस्किरहेको छ । सामाजिक न्याय मृतप्राय: जस्तै छ । यी तमाम विसंगति र बिकृतिको उन्मुलन गर्नु कम्युनिष्ट सरकारको कर्तब्य हो । तर दुई-तिहाइ बहुमतको कम्युनिष्ट सरकार निरिह छ । केही गर्न सकिरहेको छैन ।
दुई-तिहाइ बहुमतको कम्युनिष्ट सरकारको काम कारवाहीले गर्दा नेपाली जनतामा कम्युनिष्ट शब्दप्रति नै वितृष्णा उत्पन्न हुने अबस्था अहिले नेपालमा छ । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मुलुकमा ब्याप्त यिनै विसंगति-बिकृतिकाबिरुद्ध जनताज गाउने र संघर्ष नै गरिरहेको छ । यसपार्टीले तात्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्की लगायतका ठुलाठुला भ्रस्चाटाचारीलाई सामाजिक कारवाहीस्वरुप जनकारवाही गरिरहेकोछ ।जनताको खुनपसिना चुसेर पठाउने तर नेपालमा राजस्व नतिर्ने एन्सेललाई राजस्व तिर्न दबाब दिन विभिन्न भौतिक कारवाहीहरु भएको ने .क.पा.का नेताहरु स्वयमले स्वीकार गरेका छन् ।विस्तारवादी भारतले नेपालको सिमाना मिच्ने प्रवृत्तिकाबिरुद्ध सो पार्टीको भात्री संगठन अखिल(क्रान्तिकारी)ले सीमामा तारजाली लगाउने कामको शुरुवात गर्यो । तर विदेशीहरुको दलाल सरकारले त्यो तारजाली हटाउने काम गर्यो ।
बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बैकल्पिक जनसत्ताको निर्माण गरेर संचालनमा ल्याएको छ र त्यो जनसत्ताले दलाल सत्ताको गलत काम-कारवाहीको भण्डाफोर गर्ने र त्यसका विरुद्ध संघर्ष गरिरहेको छ । नेपालमा गरीब, किसान, मजदुरलगायत आम उत्पीडितवर्ग र सर्वहारावर्गको राज्यसत्ता प्राप्तिका लागि सशस्त्र संघर्ष आबस्यक छ भन्ने मान्यता राख्ने यस नेपाल कम्युनिष्ट पार्टीले बैकल्पिक सत्ताको घोषणा गरेर एकीकृत जनक्रान्तिको तयारी गरिरहेको छ । नेपाल कम्युनिष्ट पार्टीले देशैभर संगठन सुदृढीकरण एबम बिस्तारअभियान – २ चलाएर देशका कुना-कुना, चोक-चोक,घर-आँगन,टोल-छिमेकमा पुगेर दलाल सत्ताले गरेका गलत कामकारवाहीको बारेमा जानकारी दिई दलाल सत्ताकाबिरुद्ध नेपाली जनतालाई एकताबद्ध बनाउने काम गरिरहेको छ ।
वैज्ञानिक समाजवाद निर्माणका लागि प्रतिबद्ध नेपाल कम्युनिष्ट पार्टीका यस्ता गतिविधिहरुले दलाल सत्तामा खैलाबैला मच्चिएको छ ।दलाल सत्ताका मतियारहरु तिल्मिलाएका छन् ।आफ्नो खुनीसत्ता खोसिने हो कि भनेर उनीहरु रन्थनिएका छन् । उनीहरु आफ्नो सत्ता जोगाउन रास्ट्रघाती सन्धि सम्झौता गरिरहेका छन् । यसैको कडीकारुपमा लाखौँ भारतीयलाई नागरिकता दिन सजिलो हुने गरी दोश्रो नागरिकता संशोधन बिधेयक तयार गरिएको छ । २०४६ साल चैत अघि नेपालमा जन्मिएका जो कोहीले अंगिकृत नागरिकता लिने र तिनलाई स्वत: बंशजको आधारमा नेपाली नागरिकता दिने प्रावधान रहेको यस विधेयक ऐनको रुपमा आए नेपालमा नेपाली नागरिक अल्पमतमा पर्नेछन । नेपालको राज्यसत्तामा फिजीमा जस्तो नेपाली नागरिकताधारी भारतीयहरुको बोलवाला हुनेछ ।
आफ्नो सत्ता जोगाउन सत्तामा रहेका नाम मात्रका कम्युनिष्ट नेतारुपी दलालहरु सिमा अतिक्रमण बारे मौन बसिरहेका छन् ।धार्मिक तथा साम्प्रदायिक बितण्डा मच्चाउने उद्देश्यका साथ् बिभिन्न गतिबिधि सत्तासीन कम्युनिष्ट नेताहरुबाट भैरहेका छन । जस्ले गर्दा नेपाली संस्कृतिमाथि आक्रमण भै नेपाली समाज र परिवार समेत बिखण्डनको बाटोमा अघि बढिरहेको छ ।
नेपालमा रहेका खरबौंमुल्यका जल लगायतका प्राकृतिक स्रोत र साधनहरुलाई कौडीको मुल्यमा बिदेशी कम्पनीलाई जिम्मा लगाई त्यसबाट कमिशन लिने कार्यमा नेपाली राजनीतिक नेता भनाउँदाहरु ब्यस्त छन् । यसको ज्वलन्त उदाहरण भनेको अरुण तेश्रो र बुढी गण्डकी आयोजनामा बिदेशी लगानीमा देखिन्छ । ठुला-ठुला सरकारी संस्थानहरूलाई राजनीतिकरण गरी टाट पल्टाउने काम भैरहेको छ ।
नेपाली लगानीकर्ताको लगानी डुबाउने गरी खुल्लाबजारअर्थनितीका नाममा ठुल-ठुला कर्पोरेट हौउसहरुलाइ विभिन्न सुबिधा दिएर नेपाल भित्राउने काम भैरहेको छ । जसले गर्दा नेपाली अर्थतन्त्र डामाडोल भै नेपाल टाट पल्टने सम्भावना रहेको छ ।
यी र यस्तै रास्ट्रघाती कुकृत्य र आफ्नो देशद्रोही अनुहारको नेपाल कम्युनिष्ट पार्टीले नेपाली जनता माझ बेनकाब पारेको देखेपछि बिदेशी शक्तिका दलालहरु दलालसत्ताका मतियारहरुले बिद्रोही नेपाल कम्युनिष्ट पार्टीलाई दमन गर्ने संकेत गरेका हुन् । त्यही संकेतलाई बुझेर बिदेशीशक्तिको रिमोटको आदेशमा तिनका दलालहरुको निर्देशन वमोजिम देशैभर नेपाल कम्युनिष्ट पार्टीविरुद्ध दमन गर्ने मनसायले ब्यापक छापामारी र गिरफ्तारी चलाइएको छ । त्यहीक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिप्लवको घर रहेको कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ शिवगढीमाकरीबसयकोप्रहरीलेब्यापकखोजतलाशकारवाहीकोकोशिशगर्यो । त्यहाँका बासिन्दाले आफुहरुलाई अनाबस्यक दु:ख दिएको भन्दै सरकारविरुद्ध चर्का नारा लगाउंदै प्रहरी कारवाहीको प्रतिकार गरे । जनतालाई आतंकित पार्न प्रहरीले एक जनालाई गोली हानेर घाईते बनाइ गिरफ्तार गरेको छ । प्रहरीले चलाएको गोलीले स्थानिय जनता आतंकित बनेनन, बरु सरकार र प्रहरीविरुद्ध क्रोधित बने । सरकार र प्रहरीविरुद्ध नारा लगाउंदै प्रहरीलाई अघि बढ्नै दिएनंन । स्थानिय जनताको प्रतिकारका कारण प्रहरी आफ्नो कारवाहीबाट पछि हट्न बाध्य भयो । एकपटक शिवगढ़ीले जनयुद्धकालीन दोश्रो थवाङ्गकोआफ्नो पहिचानलाई जोगाउन सफल भएकोछ ।
शिवागढ़ीले जस्तै आम नेपाली जनताले दलाल सत्ता र तिनको मतियारहरुको प्रतिबाध र प्रतिकार गर्नुपर्ने बेला भएकोछ । यदि यी दलालहरुको बेलैमा प्रतिकार भएन भने नेपाली रास्ट्रियता सखाप हुने अवस्था देखिएको छ । रास्ट्र , रास्ट्रियता र नेपाली स्वाधिनताको रक्षाका लागि के गरीब,के किसान,के शिक्षक,के मजदुर,उद्योगी , ब्यापारी, डाक्टर, राजनीतिककर्मी सबै एकजुट हुने बेला आएको छ ।कम्तीमा रास्ट्रिय स्वाधिनता रक्षाकालागि सरकारी सेवा,सेना, प्रहरीमा रहेका रास्ट्रवादी र देशभक्त एकजुट भएर लड्नुको कुनै विकल्प देखिदैन । यदि दलालहरुले रास्ट्रलाई नै सखाप पारे भने कसको रास्ट्र सेवा गर्ने सबैले सोचौं र दमन गर्नुभन्दा पहिला नेपाल आमा र नेपाली जनतालाई सम्झौं । भित्रीआत्माले केभन्छ ।आत्मनिर्णय गरौँ ।आदेश पालनाभन्दा पनि नेपाल माताकोहितमा सोचौं ।जय देश जय जनता जय नेपाली क्रान्ति ।