नेपाल कम्युनिष्ट पार्टी स्याङ्गजाले मंगलबार वालिङ्गमा एक कार्यक्रमको आयोजना गरी पांच जना शहीद तथा बेपत्ताका परिवारलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा घरका दाजुभाई शहीदद्वय दीपक र सुधिर रिजालका भाई प्रकाश रिजाल, शहीद कुबिजा पराजुलीका भाई नारायण पराजुली, शहीद शान्ति पाठकको बुबा तुलसीराम पाठक, शहीद कालुराम थापाकी जीवन संगिनी नुनामाया थापा र शहीद सुमन्त भुसालाकी आमा होमकला भुसाल रहेका छन् ।

उनीहरुलाई नेपाल कम्युनिष्ट पार्टी गण्डक ब्युरो सदस्य रुपेश्ले खादा र सम्मानपत्रले सम्मान गरेका थिए । शहीद तथा बेपत्ताका परिवारलाई सम्मान गर्दै नेपाल कम्युनिष्ट पार्टी गण्डक ब्युरो सदस्य रुपेश्ले शहिद र बेपत्ताले देखेका सपनाकबिरुद्ध विरुद्ध कुनैपनि सम्झौता नगरिने बचनबद्धता ब्यक्त गरे ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी स्याङ्गजाका सेक्रेटरी गोकुल पराजुलीले आफुहरु शहीद भएरै भए पनि प्रचण्ड र बाबुरामहरुले बीचैमा छोडेको अधुरो क्रान्तिलाई पुरा गरी छाड्ने बताए ।

महान जनयुद्धका क्रममा आफ्ना दुई दाजुहरु गुमाएका प्रकाश रिजालले परिबर्तनको निम्ति शहीदहरुले देखाएको बाटोमा लाग्न आफुहरु तयार रहेको उल्लेख गरे ।

शहिद कुविजा पराजुलीको भाई नारायण पराजुलीले शहिदको नाममा मागि खाने काम भएकोमा चित्त दुखाउन्दै शहिद परिवार कसैको आशेपासे भएर भन्दा पनि विचारमा प्रतिबद्ध भएर देश र जनताको पक्षमा एकपटक फेरी लड्नै पर्ने कुरामा जोड दिए ।
संञ्चालन -राजु पौडेलले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तब्य शक्तिले गरेका थिए ।