ऋण खोजेको रकम उपचारमा स्वाहा, मृत्युपछि किरिया खर्च अभावमा १३ दिनको कार्य तीन दिनमा सक्न वाध्य

ऋण खोजेको रकम उपचारमा स्वाहा, मृत्युपछि किरिया खर्च अभावमा १३ दिनको कार्य तीन दिनमा सक्न वाध्य


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ फाल्गुन २०७५
  • 7.5K
    Shares

ऋण खोजेर उपचार गर्न भनी ल्याएको पैसा पनि सकियो, बागलुङ जिल्लाको दुर्गम निसीखोला गाउँपालिका–७ राजकुट मुदुङका ४५ वर्षीय लक्ष्मण विकको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारका क्रममा शनिबार निधन भयो । परम्परा अनुसारको अन्त्यष्टी गर्न रकम अभाव भयो l स्थानीय बासिन्दाले चन्दा उठाएर नजिकैको कालीगंदकिमा अन्त्यष्टी पनि सम्पन्न भयो l
किरिया बस्न घरमा जानका लागि गाडी रिजर्भ गर्न पर्छ l त्यो पैसा नभएपछी बागलुङ बजारमा नै किरिया बस्ने ब्यबस्था भयो l परम्परा अनुसार १३ दिनसम्म किरिया बस्न पर्छ l तर रकम अभाव भएपछी त्यो किरिया बस्ने दिन ३ दिनमा नै छोट्याएर किरिया सम्पन्न गरिएको छ ।

१३ दिनसम्म गर्नुपर्ने किरिया तीन दिनमा त छोट्याइयो । अब गाउसम्म कसरी पुग्ने र उपचार गर्न लिएको ऋण कसरी तिर्ने चिन्ता लक्ष्मण विकको परिवारलाई परेको छ । चार वर्षका दुई जुम्ल्याहा छोरा–छोरी कसरी पालन पोषण गर्ने उनकी श्रीमती भाव विव्हल अबस्थामा छिन

ऋण जुटाएर उपचार गर्न १४ फागुनमा अस्पताल आएका मृतक विकका दाजु बलबहादुर विक भन्छन्, ‘भाइलाई अल्पायुमै गुमाउँदाको पीडा एकातिर छ, अर्कोतर्फ शव गाउँको आफ्नै घाटमा लैजाने मन हुँदाहुँदै लैजान सकिएन । धेरथोर सहयोगबाट नजिकैको कालीगण्डकीमा लगेर अन्त्यष्टि गर्न बाध्य भइयो ।’

बलबहादुरका अनुसार अब अन्यष्टि गरेर घर फर्कन र संस्कार अनुसार काजकिरिया उम्काउन परिवारलाई थप समस्या छ । परम्परा अनुसार, काजकिरिया पूरै उम्काउन सामान्यतः ४० देखि ५० हजार खर्च हुन्छ ।

भाइको मृत्युको खबर पाएलगतै गाडी भाडा समेत ऋण खोजेर बागलुङ बजार आएका बलबहादुरले सबैसँग सहयोगको अपिल गरेका छन् ।

ज्याला मजदुरीमा जीवन निर्वाह गर्दैआएको विक परिवारको घरमुलीको निधन भएपछि परिवारको अबको लालनपालन, शिक्षा दिक्षामा समेत समस्या हुने देखिएको छ ।

बागलुङका युवा सज्जनकुमार सिंहले भने स्थानीय संघ संस्था र व्यक्तिसँग सहयोगको अपिल गरेर काजकिरिया, छोराछोरीको शिक्षाको लागि सहयोग अभियान चलाउने बताएका छन् ।

प्रतिक्रिया