कमल पौडेल अथक, पोखरा ।
नेपाली कांग्रेस कास्की भित्र अनुशासन छैन भन्ने कुरा केही कार्यक्रमले पुष्टी गर्छन् । हिजो आज कास्की कांग्रेसका नेताहरु उद्घोषकले मञ्चमा नवोलाउँदै अगाडि गएर आशन ग्रहण गर्छन् । त्यो आशन कसको लागि हो, त्यसभित्र म पर्छु कि पर्दिन भन्ने हेक्का समेत नराखी वेसरम नवोलाई मञ्चमा जाने उनीहरुको दिनचर्या जस्तै छ ।
यही कांग्रेस भित्र निर्वाचन हारेका नेतालाई प्रमुख अतिथि वनाएका कार्यक्रममा जित्नेहरु नवोलाए पनि पुगेर आशन ग्रहण गर्छन् । अनि हार्नेेले जित्नेलाई आदेशात्मक भाषण दिन्छन् । जित्नेहरु त्यो भाषण सुनेर फर्किन्छन् । अनि कहिले सुध्रिन्छ यो पार्टी ? अझ हिजो आज त यो पार्टीमा केन्द्रीय नेता आउँदा एयरपोर्टमा पुगेर खादा र माला लगाउने नेताले आफूलाई सवै भन्दा सर्वे सर्वा ठान्ने गरेको देखिन्छ ।
शनिवार पोखरामा ठीक यस्तै भयो । कार्यक्रम थियो नेपाल प्रेस युनियन कास्कीको नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन । आयोजकले विगतको कास्की कांग्रेसको सपापति र कास्की निर्वाचन क्षेत्र नं ३ वाट पराजित नेता शुक्रराज शर्मालाई प्रमुख अतिथि वनाएर कार्यक्रम आयोजना गरे । यो थाहा पाएपछि पूर्व कानून मन्त्री यज्ञवहादुर थापा, र पार्टी सभापति कृष्ण केसी पनि त्यही कार्यक्रममा सहभागी भए ।

वरियताको हिसावले हेर्दा शुक्रराज भन्दा यी दुवै नेता अगाडि आउँछन् । तर शुभेच्छुक संस्थामा आफै आएका नेता भन्दै आयोजकलाई वरियता मिलाउन हम्मे पर्यो । आखिर वोलाएर आएका नेतालाई नै प्रमुख अतिथि वनाउने मनसायमा आयोजक पुगे । आफै फोन गरेर कार्यक्रममा पुगेका नेताको वरियता नै ढिसमिस हुन गयो । कार्यक्रमका आयोजकलाई भन्दा निम्तालुहरुलाई नेताको वरियता नमिल्दा निकै अट्यास लागेजस्तो भयो । आयोजकले निम्तै नगरेका व्यक्ति आफै फोन गरेर उपस्थित भएपछि यस्तै तमासा भएको वताए ।

नेताहरुले आफ्नो हैसियत आफै निर्धारण गर्न नसक्दा आफ्नो पनि मान मर्दन, आयोजकलाई पनि मान सम्मान गर्न र वरियता मिलाउन कठिन देखियो । जिते पनि मञ्च हारे पनि मञ्च जिते पनि प्रमुख हारे पनि प्रमुख यो कुर्चीको लिप्सा मात्रै किन ? वर्षौसम्म एउटै भाषण फरक कुरा पनि केही आउँदैन । यस्तो भद्रगोल कहिलेसम्म ? कतै कास्की कांग्रेसका नेताहरुले यस्तै भद्रगोललाई नै बीपीको मेल मिलापको नीति त संम्झेका त होइनन् ?