सिडिओ आवास भवन बनाउने कांग्रेस नेता ज्याला नदिई भागे, पिडित मजदुरलाई प्रहरी प्रमुखको धम्की

सिडिओ आवास भवन बनाउने कांग्रेस नेता ज्याला नदिई भागे, पिडित मजदुरलाई प्रहरी प्रमुखको धम्की


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ माघ २०७५
  • 6K
    Shares

जिल्ला प्रशासन कार्यालय कालिकोटको आवास भवन निमार्ण गर्ने ठेक्का पाएको रविना बडिमालिका कन्टक्सन प्रालिका संचालक एबम कांग्रेस कालिकोटका कोषाध्यक्ष देवजंग शाही एक वर्षसम्म काम गराएर मजदुरहरुलाई ज्याला नदिई भागेका छन् ।

ठेकेदार समेत रहेका नेपाली कांग्रेस कालीकोटका नेता शाही एक वर्षसम्म ४५ जना दक्ष तथा अदक्ष कामदारहरुले  गरेको मजदुरीको ज्याला नदिई भागेको प्राप्त समाचारमा जनाइएको छ ।

कालीकोट जिल्लाको सदरमुकाम मान्मामा पिडित मजदुरहरुले एक पत्रकार सम्मेलन गरी आफ्नो पिडा पत्रकारहरुलाई सुनाएका थिए । जिल्ला प्रशासन कार्यालय कालिकोटको आवास भवन निर्माणको जिम्मा लिएको रविना बडिमालिका कन्टक्सन प्रालिका देवजंग शाही र प्रतिनिधि मनजित शाहीले ६२ लाखको कामको जिम्मा दिए पनि भुक्तानी आफैँले लिएर भगेको पीडित तेजवहादुर शाहीले बताए ।

रविना बडिमालिका कन्टक्सन प्रालिका प्रमुख शाहीले प्रतिनिधि मन्जित शाहीमार्फत सम्झौता गरेको कामदारहरुलाई एक वर्षसम्मको १९ लाख ज्याला भुक्तनी नदिएर ठगेको पीडितहरुले आरोप लगाएका छन् ।

काम गर्नका लागि सम्झौता गर्ने ठेकेदार कांग्रेस कालिकोटका कोषाध्यक्ष मनजित शाही सम्पर्क विहिन अवस्थामा रहेको पिडितले गुनासो गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय कालिकोटको आवास भवन निमार्णका सह-ठेकेदार मनजित शाहिले भने आफुहरुले १८ लाख पैसा निकालि सरिया सिमेन्टको लागि भुक्तानी गरेको र लेवरलाई नदिएको स्वीकार गरेका छन् । ‘रकम हामीले पनि पुरै भुक्तनी पाएका छैनौँ,’ उनले भने “अव तत्काल पैसा निकालि लेवरको पारिश्रमिक वुझाउने” बताए ।

आफुहरुलाई ठेकेदारहरुले ज्याला मजदुरी ठगेको भनी ठेकेदारकाबिरुद्ध उजुरे दिन जाँदा प्रहरीले उजुरी लिन नमानेको र जिल्ला प्रशासन कार्यालयमा उजुरी लिएर जाँदा प्रहरी प्रमुख डिएस्पी बिनोद शर्माले धम्की दिएको पीडित दर्न मल्लले बताए ।

यसका बारेमा प्रमुख जिल्ला अधिकारी चन्द्रवहादुर कार्कीले यस विषयमा ठेकेदारहरु नै काम पुरा नगरी भागेकाले समस्या भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया