विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले सत्ता स्वार्थका लागि आपसी अन्तरबिराेधमा फसेको वर्तमान केपी ओली सरकारबाट नेपाली जनताले समृद्ध नेपाल र सुखी नेपालीको आशा गर्न नहुने बताएका छन् ।
पार्टीको संगठन सुदृढीकरण तथा बिस्तार अभियान – २ काे २७ औं दिन मेचिकाे अभियान टाेलिले माेरङ, धनकुटा, पाँचथर तथा ईलाम संगमस्थल ६ नम्बर बुधबारे बजारमा आयोजना गरेको जनसभामा बोल्दै नेता पुनले यस्तो कुरा बताएका हुन् । उनले सत्ता स्वार्थ र अस्तित्व रक्षाकाे लागि एमाले र माओवादी केन्द्रबीच गरिएको दक्षिणपन्थी अवसरवादीहरुकाे एकताले देश र जनतालाई हित भन्दा बढी अहित गरिरहेको जिकिर गरे l देशमा हत्या र बलात्कार काण्ड , वाइड बडि जहाज काण्ड, सुन काण्ड, राजदुत काण्ड, गुण्डाराज काण्ड हुदै हाल आएर भेनेजुयला काण्ड लगायतका काण्डहरुलाई ओली सरकारले जनताको अहितमा गरेका कामहरुको रुपमा नेता पुनले प्रस्तुत गरे । विभिन्न काण्डहरुमा फसेर अाफ्नाे संकट अाफै निम्त्याएको वर्तमान सरकारका प्रधानमन्त्री केपि ओली चीन र पश्चिमा देशहरुको बैशाखीमा सत्तामा टिक्ने खेल खेलिरहेको अवस्थामा प्रचण्ड भारतको सहयोगमा ओलीलाई फालेर प्रधानमन्त्री बन्ने धुनमा लागेको उनको खुलासा थियो ।
उत्पीडित जनताको आवाजलाई बुलन्द गर्दै संगठन निर्माणका क्रममा गाउँ गाउँ टोल टोल पुगेका ने.क.पा.का नेता तथा कार्यकर्ता गिरफ्तार गर्ने झुटो मुद्दा लगाउने एबम जनतामा दमन र अातंक सृजना गर्ने प्रहरी प्रशासनका कर्मचारीहरुको हिसाब किताब आफ्नो पार्टीले राखेको दाबी गरे ।
प्रचारप्रसारको अभावका बावजुत पनि ६ नम्बर बुधबारे बजारमा भएको जनसभा तथा सामना साँस्कृतिक कार्यक्रममा जनताको उपस्थिति राम्रो रहेको थियोे । सामना परिवारका सहसंयाेजक अाराेह नेपालीको सञ्चालनमा अघि बढेको कार्यक्रममा सामना परिवारले विभिन्न साँस्कृतिक प्रस्तुति मार्फत जनतालाई प्रशिक्षित पारेको थियोे ।