नौ वर्षअघि प्रचण्ड, बाबुराम, वैद्य, विप्लवको सम्पति कति थियो? हेर्नुस् उनीहरुले सार्वजनिक गरेको विवरण

नौ वर्षअघि प्रचण्ड, बाबुराम, वैद्य, विप्लवको सम्पति कति थियो? हेर्नुस् उनीहरुले सार्वजनिक गरेको विवरण


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १ मंसिर २०७३
  • 128.7K
    Shares

नौ वर्षअघि तत्कालीन माओवादी पार्टीको पाँचौँ विस्तारित बैठकको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गरिएको थियो। त्यसमा केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण पहिलो पटक सार्वजनिक गरियो। नौ वर्षपछि अहिले प्रचण्ड, बाबुराम, मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लव छुट्टाछुट्टै पार्टीमा छन्- चार टुक्रामा विभाजित छन्। सम्पति चाहिँ के कति छ अहिले- न प्रधानमन्त्री भएका प्रचण्ड सार्वजनिक गर्छन्, न नयाँ शक्ति र आर्थिक पारदर्शिता भन्दै कुर्लँदै हिँड्ने बाबुराम भट्टराई गर्छन्। न मोहन वैद्य गर्छन् न बेला न कुबेला आजसमेत नेपाल बन्द गर्दै हिँड्ने विप्लव नै गर्छन्। तैपनि त्यतिबेलाको सम्पति विवरण पढ्न रोचक नै हुन्छ भनेर यहाँ साभार गरी इतिहास सम्झाउने कोशिश गरिएको हो- ‘यति हाँस’ भनिएको हैन है।

१ प्रचण्ड (वर्तमान प्रधानमन्त्री)
नगद: छैन
सुन/चाँदी: दुई तोला सुन
जग्गाजमिन: भरतपुर चितवनमा श्रीमतीसहितको नाममा रू.तीन/चार लाखपर्ने एक कट्ठा/सातधुर घरघडेरी

२ मोहन वैद्य ‘किरण’
नगद: रू. एक लाख २८ हजार
सुन/चाँदी: सुनको गहना मूल्य रू.१५ हजार जतिको
जग्गाजमिन: रू.७० हजारपर्ने घरघडेरी, जग्गा एककट्ठा पाँच धुर

३ डा.बाबुराम भट्टराई ‘लालध्वज’
नगद: छैन
सुन/चाँदी: छैन
जग्गाजमिन: छोरीको अंशवापत गोरखामा तीन लाख बराबरको साढे सात रोपनी खेत

४ रामबहादुर थापा ‘बादल’
नगद: छैन
सुन/चाँदी: साढे एकतोला सुन
जग्गाजमिन: रू.आठ/दश लाखपर्ने दुई कट्ठा

५ पोस्टबहादुर बोगटी ‘दिवाकर’
नगद: छैन
सुन/चाँदी: करिब रू.१० हजार बराबरको सुनचाँदी
जग्गाजमिन: अन्दाजी रू.२० हजार बराबरको पुरानो एकतल्ले घर, जग्गा जमिनमा रू.एक लाख बराबरको एक रोपनी दोयम र रू.एक लाख बराबरको खेत पाखो, रू.तीन हजार बराबरको सरसामान

६ कृष्णबहादुर महरा ‘अमरसिंह’ (वर्तमान अर्थमन्त्री)
नगद: मासिक पारिश्रमिक बाहेक छैन
सुन/चाँदी: छैन
जग्गाजमिन: जग्गासहितको घरबाहेक अतिरिक्त घरघडेरी नभएको, अन्दाजी तीन लाख मूल्य बराबरको प्रयोजनविहीन एक घर र एक गोठ, व्यक्तिगत प्रयोगमा भइरहेको वाहेक अतिरिक्त सामान नभएको

७ चन्द्रप्रकाश गजुरेल ‘गौरव’
नगद: छैन
सुन/चाँदी: एकतोला सुन
जग्गाजमिन: जग्गासहितको करिब सात लाख २५ हजार बराबरको सिन्धुली ढुङ्गेवास, विराटनगर घर खयरमारा, सिन्धुलीमा घडेरी, रू.एकलाख २० हजार बराबरको दश कट्ठा जग्गा,
ऋणः रू.तीन लाख ५० हजार

८. नाम – देवप्रसाद गुरुङ
टेक नाम – कान्छा बहादुर
नगद – उल्लेखनिय रकम नभएको
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – मनाङ ओडार गाउँमा सङ्गोलमा एउटा कच्ची घर रहेको तर २०५७ सालदेखि आप-्नो अंश पार्टीकरण
जग्गा (अन्दाजी मूल्यसहित) – अन्दाजी ५० रोपनी पाखोबारी संगोलमा रहेको, अन्दाजी मूल्य ५० हजार तर २०५७ सालदेखि पार्टीकरण
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य -भाँडाकुँडाहरुको अन्दाजी मूल्य १० हजार
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – छैन

९. नाम – वर्षमान पुन
टेक नाम – अनन्त
नगद – सामान्य वचत रहेको
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – चार वटा घर -३ लाख ५० हजार)
जग्गा (अन्दाजी मूल्यसहित) – २५ लाख
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – छैन
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – तीन जना -श्रीमती र दुई वहिनी) को गहना पार्टीमा बुभ-ाएको

१०. नाम – टोप ब. रायमाझी
टेक नाम – अनिल
नगद – छैन
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – १० लाख
जग्गा (अन्दाजी मूल्यसहित) – छैन
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य -छैन
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – छैन

११. नाम – नेत्र चन्द
टेक नाम – विप्लव
नगद – छैन
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – १० कठ्ठा राम्रो खालको खेत
जग्गा (अन्दाजी मूल्यसहित) – २ लाख ५० हजार
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – १५ हजार
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – छैन

१२. नाम – दिनानाथ शर्मा
टेक नाम – अशोक
नगद – छैन
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – घर एक (अन्दाजी ७५ हजार)
जग्गा (अन्दाजी मूल्यसहित) – पाखोबारी, खेत अन्दाजी २ लाख
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – छैन
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – अन्दाजी १ तोला

१३. नाम – हरीबोल गजुरेल
टेक नाम – शितलकुमार
नगद – छैन
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – २ वटा घर, ३ कठ्ठा घँडेरी (अन्दाजी १० लाख)
जग्गा (अन्दाजी मूल्यसहित) – १ विघा ३ कठ्ठा -मूल्य अन्दाजी १० लाख)
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – ५० हजार
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – ५ तोला

१४. नाम – अग्नि सापकोटा
टेक नाम – कञ्चन
नगद – छैन
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – २ लाख
जग्गा (अन्दाजी मूल्यसहित) – २३ लाख
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – ५ हजार
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – छैन
नोट – २०५८ सालदेखि घर जग्गा सबै पार्टीकरण र स्थानीय पार्टीले नै भोगचलन गर्दै आएको

१५. नाम – हितमान शाक्य
टेक नाम – सुमन
नगद – १ लाख -स्कूल छोड्दा प्राप्त रकम)
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – डेड आना जमीनमा चारकोठे घर -बाग्लुङमा) करिब ४ लाख, काठमाडौं मत्स्य गाउँमा स्कूलको साभ-ा जग्गा
जग्गा (अन्दाजी मूल्यसहित) – पहिले स्कूलसँग सम्बन्धित हुँदा/ अहिले स्कूलको जग्गा मात्र साभ-ा (अन्दाजी ४ लाख)
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – व्यत्ति-गत सम्पत्ति अन्य केही नरहेको । पार्टी सम्पत्तिमा एक गाडी, डेस्कटप र ल्यापटप कम्प्युटर, टीभी, खाना पकाउने भाँडा आदि ।
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – केही नभएको ।

१६. नाम – हरिभत्त- कँडेल
टेक नाम – प्रतिक
नगद – छैन
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – २ लाख
जग्गा (अन्दाजी मूल्यसहित) – छैन
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य -छैन
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – छैन
अन्य – घर घँडेरी धितो बैकमा १ लाख १५ हजार लिएको र २ लाख ९० हजार विभिन्न व्यत्तिबाट ऋण लिएको -जम्मा ४ लाख ५० हजार ऋण)

१७. नाम – नन्दकिशोर पुन (वर्तमान उपराष्ट्रपति)
टेक नाम – पासाङ
नगद – ८/१० हजार -भैंसी बाख्रंा बेचेको)
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – घर ५० हजार -स्थानिय मूल्यमा, २ भाईको वण्डाबाट)
जग्गा (अन्दाजी मूल्यसहित) – जग्गा र खेत अन्दाजी ६०/७० हजार, सुन्तला बारीको स्थानीय मूल्यसहित
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – कासा, तामा, प-लामको भाँडा, लत्ताकपडा ८/१० हजार
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – टप, टुकी, अन्दाजी ७/८ हजार
अन्य – खोरिया, खरबारी, एक हल गोरु, सोलार बत्ति, बाकस, दराज, पुस्तक अन्दाजी १५/२० हजार

१८. नाम – जनार्दन शर्मा (वर्तमान ऊर्जा राज्यमन्त्री)
टेक नाम – प्रभाकर
नगद – छैन
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – ७ लाख वरीपरी
जग्गा (अन्दाजी मूल्यसहित) – १० लाख वरीपरी
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – १ लाख जति
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – ४/५ हजार

१९ नाम – कुल प्रसाद केसी
टेक नाम – सोनाम
नगद – छैन
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – छैन
जग्गा (अन्दाजी मूल्यसहित) – दाजुभाउजुसँग संगोलमा अन्दाजी २ लाखको जग्गा, मेरो अंश गर्दा ७० हजार जतिको ।
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – अहिले घरमा दाजुभाउजुको गाई-भैंसी, लत्ता-कपडा गर्दा ३०/४० हजारको होला ।
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – छैन

२० नाम – चक्रपाणी खनाल
टेक नाम – बलदेव
नगद – छैन
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – बुटवल रुपन्देहीमा १६ धुर -करिब ५ लाख)
जग्गा (अन्दाजी मूल्यसहित) –
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – छुट्टी भिन्न हुँदा भाँडा कुँडा केही नलिएको
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – श्रीमतीको कानका टप अन्दाजी मूल्य १२ सय

२१ नाम – शक्ति बस्नेत
टेक नाम – सुरेशसिंह
नगद – छैन
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – ८० हजार
जग्गा (अन्दाजी मूल्यसहित) – २ रोपनी -एक लाख)
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – छैन
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – ५ हजार

२२ नाम – मातृका प्रसाद यादव
टेक नाम – रामसिंह
नगद – छैन
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – छ तर मुल्याङ्कन गर्न बाँकी, करिब २ लाख
जग्गा (अन्दाजी मूल्यसहित) – छैन
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – ३ लाख लगभग
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – सुन केही, चाँदी केही

२३ नाम – हेमन्तप्रकाश ओली
टेक नाम – सुदर्शन
नगद – छैन
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – एउटा घर र दुईवटा गोठ -२ लाख रुपियाँ अन्दाजी)
जग्गा (अन्दाजी मूल्यसहित) – ४१ रोपनी सिममात्र -करिब १५ लाख)
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – भाँडा कुँडा, ओढ्ने ओछ्याउने र लुगासहित १० हजार)
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – करिब ५ हजार

२४ नाम – देवेन्द्र पौडेल
टेक नाम – सुनिल
नगद – छैन
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – छैन
जग्गा (अन्दाजी मूल्यसहित) – सगोल परिवारसहितको अन्दाजी ५ लाख पर्ने, छुट्टी भिन्न नभएको
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – पार्टी कार्यको लागि बाहेक अन्य सामान छैन ।
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – छैन

२५ नाम – नारायण प्रसाद शर्मा पौड्याल
टेक नाम – कमलप्रसाद
नगद – ३ लाख रुपियाँ अन्दाजी -घँडेरी वित्रि-बाट)
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – २ लाख
जग्गा (अन्दाजी मूल्यसहित) – १८ लाख
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – ३० हजार
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – २० हजार

२६ नाम – लोकेन्द्र विष्ट मगर
टेक नाम – अभ्यास
नगद – छैन
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – छैन
जग्गा (अन्दाजी मूल्यसहित) – छैन
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – ३ हजार रुपियाँ जति
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) –

२७ नाम – हितराज पाण्डे (वर्तमान सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री)
टेक नाम – उत्तम
नगद – छैन
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – १ रोपनी जग्गामा बनेको घर, करिब २ लाख पर्ने
जग्गा (अन्दाजी मूल्यसहित) – २ रोपनी ६ आना खेत र करिब १० रोपनी पाखा जग्गा, करिब २ लाख रुपियाँ पर्नेर् ।
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – करिब ६० हजार
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – रु १ लाख ४ हजार
अन्य – २०६० सालमा चितवनको घँडेरी बेचेर आएको नगद रु २ लाख १० हजार त्यतिखेर नै कमाण्ड कार्यालय माप-र्त पार्टीमा बुभ-ाइएको ।

२८ नाम – पम्फा भुषाल
टेक नाम – विद्युत
नगद – छैन
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – एउटा काठमाडौंमा घर, मैले पाउने करिब १० लाख, अखामा एउटा घँडेरीबाट करिब १ लाख मैले पाउने ।
जग्गा (अन्दाजी मूल्यसहित) – १० लाख मध्धेबाट मैले पाउने करिब २ लाख
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – करिब २५ हजार बराबर -परिवारको बाहेक)
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – २.५ तोला -करिब ४० हजार)

२९ नाम – हिसिला यमी
टेक नाम – राहुल
नगद – रू.१२ हजार मात्र (मेरो खातामा) । साथै काठमाण्डौंको घर बेचेको र छोरीको अंश समेत रहेको करिब रू.१० लाख ।
घर घँडेरी- (अन्दाजी मूल्यसहित) –
जग्गा (अन्दाजी मूल्यसहित) – छैन ।
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – पार्टीकै साधन श्रोत प्रयोग गरिएको ।
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – करिब ३ ग्रामको सुनको टप मैले लगाएको छु, छोरीको छैन ।

३० नाम – गोपाल किराँती
टेक नाम – साइला
नगद – छैन
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – छैन
जग्गा (अन्दाजी मूल्यसहित) – छैन
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – मोबाइल, घडी, कपडा, भ-ोला रु १२ हजार
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – छैन
अन्य – सन् १९९८ मा ६० हजार बराबरको घर जग्गा पार्टीमा बुभ-ाइएको छ ।

३१ नाम – धर्मेन्द्र बाँस्तोला
टेक नाम – कञ्चन शर्मा
नगद – छैन
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – छैन
जग्गा (अन्दाजी मूल्यसहित) – कैलाली टिकापुरमा ५ कठ्ठा, भाइको जमीन मेरो नाममा भएको, मुल्य अन्दाजी १ लाख, विद्ययपुर ३ सुर्खेतमा ९ रोपनी, पार्टीको र परिवारको नाममा रहेको । मुल्य अन्दाजी १ लाख
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – छैन
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – छैन
नोट – व्यत्ति-गत सम्पत्तिमा श्रीमतीले आप-ुसँग रहेको २५ हजार र गहना आप-ु पूर्णकालिन हुँदा जिल्ला पार्टी सुर्खेतलाई बुभ-ाएको ।

३२ नाम – खड्ग ब. विश्वकर्मा
टेक नाम – प्रकाण्ड
नगद – छैन
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – दुबै घर शाही सेनाले जलाएको, घँडेरीको मूल्य ३० हजार अन्दाजी
जग्गा (अन्दाजी मूल्यसहित) – १ लाख ५० हजार
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – घर जल्ने बेलामा जलेको
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – छैन

३३ नाम – राम कार्की (वर्तमान सूचना तथा सञ्चार मन्त्री)
टेक नाम – पार्थ क्षेत्री
नगद – ५० हजार
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – २० लाख
जग्गा (अन्दाजी मूल्यसहित) – १६ लाख
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – १ लाख ५० हजार
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – २० हजार

३४ नाम – इन्द्रमोहन सिग्देल
टेक नाम – वसन्त
नगद – करिब १० हजार
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – अर्ध पक्की घर, अन्दाजी ५० हजार
जग्गा (अन्दाजी मूल्यसहित) – खेत ५ रोपनी, पाखो ७ रोपनी, पहाडमा अन्दाजी मुल्य रु १ लाख ५० हजार
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – कपडा, भाँडाकुँडा अन्दाजी २० हजार
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – श्रीमती र छोरीको नाक, कानमा लगाएको करिब १ तोला, अन्दाजी मुल्य रु १५ हजार

३५ नाम – लेखराज भट्ट
टेक नाम – राकेश
नगद – छैन
घर घँडेरी- (अन्दाजी मूल्यसहित) – १ रोपनी ३ आना
जग्गा (अन्दाजी मूल्यसहित) – २०/२५ लाख
सामान र लजिष्टिकहरुको अन्दाजी मूल्य – १ लाख
सुन चाँदी र गहनाको (अन्दाजी मूल्य) – छैन साभार – mysansar.com बाट

प्रतिक्रिया