भारतीय अपराधीलाई अत्याधुनिक हतियार कसले दियो ? नेपाली सेनाले कि भारतीय सिमा सुरक्षा बल एसएसबीले ?

भारतीय अपराधीलाई अत्याधुनिक हतियार कसले दियो ? नेपाली सेनाले कि भारतीय सिमा सुरक्षा बल एसएसबीले ?


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ कार्तिक २०७३
  • 17.3K
    Shares

रौतहट जिल्लाको देवाही–८ लालबकैया नदीको बाँधमा प्रहरी र अपराधिक समूहबीचको सोमवार विहान ६ बजे भएको भीडन्तमा एक जना भारतिय नागरिकको मृत्यु भएको छ भने नेपाल प्रहरीको मध्यमान्चल क्षेत्रिय प्रहरी कार्यालय हेटौडा दरबन्दी भएका प्रहरी जवान सुरेन्द्र चौधरी घाईते भएका छन् l दोहोरो भीडन्तमा भारत बिहार, ढाका थानाक्षेत्र अन्तर्गत कोरैया लौखान घर भएका ४४ बर्षका तेजिलाल साह मारिए र अन्य तिन जना अपराधी भागे । सो भीडन्तपछी प्रहरीले नेपाली सेना वा भारतीय सीमा सुरक्षा बलले मात्र प्रयोग गर्ने अत्याधुनिक हतियार इन्सास एक थान त्यसमा लाग्ने केही गोलि फेला पार्यो l त्यसको साथमा प्रहरीले एकथान ईटालियन पेस्तोल र एकथान नलकटुआ पेस्तोल समेत बरामद गरेको थियो ।

प्रहरीले घटनास्थलबाट फेला पारेको दस्तावेज
                                          प्रहरीले घटनास्थलबाट फेला पारेको दस्तावेज

मध्यक्षेत्रिय प्रहरी कार्यालय हेटौंडाका डिआईजी पशुपती उपाध्यायका अनुसार, नेपाली सेना र भारतीय एसएसबीले मात्र प्रयोग गर्ने हतियार ईन्सास बरामद हुनु प्रहरीको लागि ठूलो उपलब्धी हो र चिन्ताको बिषय पनि l अपराधी समूहका हातमा यस्तो हतियार भेटिनुलाई प्रहरीले गीम्भरतासाथ लिएको छ । प्रहरीलाई आशंका छ कि, उक्त समूहले हतियारको भरमा जिल्लामा कुनै ठूलो अपराध गर्न सक्थ्यो । महत्वपुर्ण ब्यक्तिको हत्या,अपहरण, लुटपाट जस्ता घटना गराउन उक्त समूह लागेको हुन सक्ने उपाध्यायको अनुमान छ । बरामद भएको ईन्सासको नम्बरको आधारमा हतियार कहाँबाट ? आएको हो भन्ने खोजि भैरहेको डिआईजी उपाध्यायले जानकारी दिए l

प्रतिक्रिया