विप्लब माओबादीद्वारा युद्धको अन्तीम तयारी ! जिल्ला आक्रमण गर्नेसम्मको फौजी सामथ्र्य रहेको दाबी

विप्लब माओबादीद्वारा युद्धको अन्तीम तयारी ! जिल्ला आक्रमण गर्नेसम्मको फौजी सामथ्र्य रहेको दाबी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० कार्तिक २०७३
  • 412K
    Shares

नेपाल सम्वत ११३७ काे अबसरमा पार्टीकाे नेवाः राष्ट्रिय मुक्ति माेर्चाले शनिबार काठमाडाैँमा अायाेजना गरेकाे कार्यक्रममा बाेल्दै नेकपा (माअाेवादी)का महासचिव विप्लवले दलाली,भ्रष्टाचारी र आत्मसमर्पणवादविद्ध अन्तिम युद्ध आफ्नै पालामा आफुहरुले नै लड्ने घोषणा गरे l उनले यस्तो घोषणा गरिरहँदा उनि समर्थित कार्यकर्ताका फेसबुकका भित्तामा माओबादीले लडाईंको अन्तिम तयारी गरिरहेको समाचारहरु पोस्ट भएका छन् l

ती फेसबुक भित्तामा जनयुद्ध दिवस नजिकिंदै जाँदा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी युद्धको अन्तीम तयारीमा जुटेको र विप्लव माओवादीसंग जिल्ला आक्रमण गर्नेसम्मको फौजी सामथ्र्य रहेको दाबी गरिएको छ । जनताको मुक्ति र जनताको अधिकारको रक्षाका लागि भन्दै हतियार उठाउने तयारीमा लागेको बताईएको छ ।

biplab-army-2

“एकजना केन्द्रिय सदस्य” लाई उद्धृत गर्दै दिएको समाचार अनुसार, जिल्लामा सापेक्षिक सफलतासहितका फौजी हमला गर्न पर्याप्त जनशक्ति आफुसंग भएको दाबी छ । हालको विप्लव माओवादीसंग अहिल्यै तत्कालीन माओवादीले करिव ६ वर्ष लडेपछि ०५८ तिर आइपुग्दा हासिल गरेको संख्या बराबरका हतियार रहेको दाबी गरिएको छ l अर्कोतिर माओवादी लडाकुका हतियार शिविरमा प्रमाणिकरण गर्न लादा धेरै नलगिएको र काम नलाग्ने, पुराना तथा कम क्षमताका हतियार मात्र बुझाईएको ती फेसबुक भित्ताहरुमा उल्लेख गरिएका छन् । ती फेसबुक भित्ताहरुमा “यसरी लुकाइएका हतियारहरु अधिकास माओवादी लडाकु र त्यसमा पनि तत्कालिन बैद्य पक्षसंगैग थिए । स्वभाविकै रुपमा बैद्य पक्षका नेताहरु जनमुक्ति सेनामा बढि थिए । अहिले बैद्यबाट विभाजन हुदा सबै जसो हतियार विप्लवसंग छन ।” भनिएको छ l

biplab-army-3biplab-arm-4

अद्यापि विप्लव माओवादीले यतिबेला आफूसंग हतियार भएको अस्वीकार गरिरहेको छ । माओवादी नेता विप्लवले ‘मानिसहरुको दिमाग नै हतियार’ भएको उल्लेख गर्दै आफूसंग हतियार नभएको तर आवश्यक परेमा ती जुटाउनु र प्रयोग गर्नु आफूहरुका निम्ति ‘कुनै आइतबारको विषय नभएको’ बताएका छन ।

०५२ सालमा तात्कालीन माओवादीले जनयुद्ध सुरु गर्दा ऊसंग जम्मा २ थान मात्रै राइफल थिए र त्यसमध्ये पनि एउटा कामै नलाग्नेगरी बिग्रेको थियो ।

चार वर्ष अघि एकीकृत नेकपा माओवादी विभाजन गरर वैद्य नेतृत्वको नेकपा–माओवादी गठन गर्न मुख्य भूमिका खेलेका विप्लवले माओवादी केन्द्रभित्रको मुख्य क्रान्तिकारी हिस्सा समेतलाई प्रभाव मात्रै पारेन, तुलनात्मक रुपमा क्रन्तिकारी भनेर चिनिएका पार्टी नेता तथा कार्यकर्तालाई समेत आफूसंगै लगेका छन ।

केही समय फौजी संघर्षका बारेमा नयाँ माओवादीभित्रै राजनीतिक तथा सैद्धान्तिक बहस चलाएका विप्लवले समग्र पार्टी उनले चाहेजस्तो संघर्षमा जान सक्ने अवस्थामा नरहेको ठहरका साथ पुनः नेकपा माओवादी गठन गरी आफनै नेतृत्वमा अर्को पार्टी बनाएका थिए ।

विप्लव आक्कल झुक्कल सार्वजनिक
पार्टी निर्माणदेखि हालसम्मका सबै गतिविधिलाई अर्धभूमिगत बनाएका विप्लवले आक्कलझुक्कल सार्वजनिक कार्यक्रममा आफूलाई प्रस्तुत गर्दा ‘जनयुद्ध र विभिन्न चरणका आन्दोलनका उपलव्धिहरु गुम्न लागेको र त्यसको रक्षा नगरिए आफू हतियार उठाउन बाध्य हुने’ बताउदै आएका छन ।
विप्लवले कार्यकर्तामाझ ‘लड्नै परेछ भने यत्तिको उमेरमा अझै दस वर्ष त म आफैं पनि बन्दुक बोकेरै भिड्न सक्छु । अब फेरि युद्ध हुने भएछ र हतियार बोकेरै लड्नुपरेछ भने अब तलका कार्यकर्ता मात्रै होइन, बलिदानको कोटा चुक्ता गर्न नेतृत्व तहबाट हामी आफैं अग्रसर हुने छौं । जनतालाई मराएर नेता बाच्ने र सम्झौता गरेर सत्तामा जाने कुरा अब कसैले नसोच्दा हुन्छ ।’ उनले तातो रगत भएका कार्यकर्तालाई आफनो पक्षमा पारि रहेका छन अनि युद्धमा लाग्न उत्प्रेरणा गरिरहेका छन ।
नेता विप्लवको यस्तो चेतावनीको गम्भीरतालाई ख्याल गरेर संवेदनशील ढंगले राज्यलाई झक्झक्याउने काममा लागेका छन । अनि केही संख्यामा मात्र उनीहरु सार्वजनिक रुपमा देखिन थालेका छन । विप्लव र उनको पार्टीले अघि सारेका राजनीतिक माग वा आवाजलाई सिङ्गो समाजसंग नजोडीकन र समाजले उनीसंग गम्भीर संवाद नगरीकन कम्तिमा अरुका कुरा सुन्ने र टेर्ने मुडमा विप्लव र उनको पार्टी नआउने निश्चित छ ।

प्रतिक्रिया