अवैध आप्रवासीहरुलाई पक्रन अमेरिकाले नक्कली विश्वविद्यालय खोलेको खुलासा भएको छ । हालै एकसय २९ भारतीय विद्यार्थीहरु पक्राउ परेपछि यसको खुलासा भएको हो ।
अमेरिकाले जानीजानी नक्कली विश्वविद्यालय बनाएर त्यहाँ अध्ययनरत एकसय २९ भारतीय विद्यार्थीलाई पक्राउ गरेको भन्दै भारतले विरोध जनाएको छ । अमेरिकाको मिशिगन राज्यको युनिभर्सिटी अफ फार्मिङ्गटनबाट एकसय २९ भारतीय विद्यार्थीहरु पक्राउ परेका हुन् ।