नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोले पार्टीका ब्युरो सदस्य आशिष लिम्बूलाई कार्वाही स्वरूप पार्टीबाट निस्कासन गरेको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफनो पार्टीका ब्युरो सदस्य आशिष लिम्बूलाई कार्वाही गरी पार्टीबाट निस्कासन गरिएको जनाएका छन् ।
बिज्ञप्तिमा “आर्थिक अनियमिता गरेको र लामो समय पार्टी सम्पर्क भन्दा बाहिर रहेकोले आशिषलाई कार्वाहीस्वरुप पार्टीबाट निस्कासन गर्नु परेको जनाइएको छ छ । साथै आशिष लिम्बूले अनियमितता गरेको रकम उनको जायजेथाबाट असुल गरिने कुरा पनि ब्युरो इन्चार्ज सुमनकाे विज्ञप्तिमा उल्लेख छ ।