अखिल (क्रान्तिकारी)का केन्द्रिय कोषाध्यक्ष पक्राउ पर्नु रास्ट्रियताको आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्र हो : ने.क.पा.

अखिल (क्रान्तिकारी)का केन्द्रिय कोषाध्यक्ष पक्राउ पर्नु रास्ट्रियताको आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्र हो : ने.क.पा.


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ माघ २०७५
  • 4.9K
    Shares

नरेन्द्र बिश्वकर्मा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’पुत्र एबम अकिल (क्रान्तिकारी) का केन्द्रिय कोशाध्यक्ष नरेन्द्र विश्वकर्माको गिरफ्तारीलाई ने.क.पा.ले “रास्ट्रियताको आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्र” का रुपमा व्याख्या गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका पुर्वी कमाण्ड इन्चार्ज अनिल विरहीले जनसंचार डट कमसंग कुराकानी गर्दै बिकको गिरफ्तारीलाई  “रास्ट्रियताको आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्र” का रुपमा व्याख्या गरेका हुन्  ।

उनले जनसंचार डट कमसंग कुरा गर्दै अघि भने,”बिहीबार प्रधानमन्त्री केपी ओली झापा आउने कार्यक्रम रहेछ । झापाकै दमक बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)को एन्सेललाई कर तिर्न दबाब दिने उद्देश्यले पुर्व निर्धारित कार्यक्रम थियो । त्यो कार्यक्रम नगर्न प्रशासनले दबाब दिएको थियो  । तर प्रशासनको दबाबका बाबजुद केन्द्रिय कोशाध्यक्ष नरेन्द्र बिकको नेतृत्वमा अखिल (क्रान्तिकारी)ले बिरोध कार्यक्रम गर्यो  । प्रहरीले सामान्य हस्तक्षेप गरेको कुरा सबै मिडियाले हालेकै छन्  ।” त्यही कार्यक्रम सकेर काठमाण्डौ फर्कने क्रममा अखिल (क्रान्तिकारी)का केन्द्रिय कोशाध्यक्ष बिक बिराटनगर विमानस्थल पुगेको बेला उनलाई फंसाउने उद्देस्यले प्रहरीले उनको साथमा गोली रहेको भन्दै हल्ला गरेको नेता विरहीको दाबी छ  ।

प्रहरीले आफुसंग गोली रहेको झुठो कुरा गरेपछि बिद्यार्थी नेता बिकले प्रहरीसंग “कार्यक्रममा सकेर फर्किएको व्यक्तिसंग कसरी गोली हुन्छ ?” भन्दै प्रतिवाद गरेका थिए । उनले सोही क्रममा कडा सुरक्षा र बिध्युतिया मेशिनको जांच हुने विमानस्थलमा गोली बोकेर को पुग्छ भनेर प्रश्न पनि गरेको प्रत्यक्षदर्शीलाई उद्दृत गर्दै नेता बिरहीले जानकारी दिएका छन्  ।

केही दिन यता अखिल (क्रान्तिकारी)ले रास्ट्रियताको पक्षमा चलाएका कार्यकरामहरुको फेहरिस्त प्रस्तुत गर्दै  उनले दलाल पुँजीवादी सरकार बिद्यार्थी नेता बिकमाथि प्रतिशोध सांध्न र  भारतीय साम्राज्यवादको इसारामा रास्ट्रियताको आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्रमा लागेको बताए ।

यसैबीच ने.क.पा.का पोलिटब्युरो  सदस्य एबं जनबर्गिय संगठन बिभाग इन्चार्ज जिवन्तले आफ्नो फेसबुक स्टाटसमार्फत

केही दिन अगाडि विद्यार्थीहरूले रास्ट्रियताको आन्दोलनको विषयलाई लिएर सिमानामा काँडेतार लगाउने, एनसेलले गरेको ७२ अर्ब कर छलि विरुद्धमा देशभरी प्रदर्शन गर्दै आइरहेको  छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा समेत रहेका नरेन्द्र विश्वकर्मालाई बिहीबार साँझ विराटनगर विमानस्थलबाट पक्राउ गरेको थियो । कालिकोट घर भएका २७ वर्षीय विश्वकर्मालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेको छ ।

प्रतिक्रिया