नेपाल कम्युनिस्ट पार्टीले रामेछाप जिल्लामा संचालन गरेको संगठन सुदृढीकरण तथा बिस्तार अभियान-२ अन्तरगतको पहिलो चरणको दुई हप्ता लामो अभियानको खांडादेबी -९ पिङखुरिमा समिक्षा गरेको छ ।
राजनैतिक हस्तक्षेप गर्ने नीति अन्तरगत त्यस अभियानका क्रममा सो टिमले जनसम्पर्क जोड्दै,जनसंगठनहरु बनाउँने क्रममा पार्टी संगठन कमिटि तथा विभिन्न जनवर्गीय संगठनहरु समेत गरी २५ वटा कमिटि निर्माण भएको जानकारी गराइएको थियो । यसरी निर्माण भएका कमिटीहरुमा ९ वटा पार्टी सेल कमिटी, ६ वटा विद्यार्थी संगठन, ३ वटा तामाङ मुक्ती मोर्चा, २ वटा युवा संगठन, ३ वटा महिला संगठन र एक-एक वटा किसान संगठन र थामी मुक्ती मोर्चाको इकाई कमिटहरु निर्माण भएका छन् ।
रामेछापमा संगठन सुदृढीकरण तथा बिस्तार अभियान-२ संचालन गर्न नेपाल कम्युनिष्ट पार्टीले केन्द्रिय सदस्य गण्डक ब्युरो इन्चार्ज आस्था, रामेछाप जिल्ला इन्चार्ज जमिन, ब्युरो सदस्य ललितको नेतृत्वमा तीन वटा टिम निर्माण गरेको थियो ।

ने.क.पा. केन्द्रीय सदस्यद्वय क्रमश: ताम्सलिङ ब्यूरो इन्चार्ज बिजय तथा गण्डक ब्युरो इन्चार्ज आस्थाले अभियानको महत्त्व ,उपलब्धि र राजनीतिक परिस्थितिबारे महत्त्वपूर्ण भनाइ राख्नुभएको समिक्षात्मक् बैठकको अध्यक्षता रामेछाप जिल्ला इन्चार्ज जमिनले गरेका थिए भने समिक्षाको क्रममा क. गुन्जन, क.बिबेक,क.सागर र क.इन्द्रले आ-आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए ।
सो बैठकले आउदो फागुन १ गतेको जनयुद्ध दिवस र दोस्रो साताको सहिद सप्ताह भब्य रुपमा मनाउनेगरी अभियानलाइ दुई टिममा बिभाजित गरेको छ भने अबको अभियान दोरम्बा र सुनपतिमा केन्दृत हुने ने.क.पा. कि केन्द्रीय सदस्य एबम गण्डक ब्युरो इन्चार्ज आस्थाले जानकारी दिएकी छिन ।
