नेविसंघले पृथ्वीनारायण क्याम्पस अघि निकालेको मशाल जुलुशमा प्रहरी हस्तक्षेप, चार बिद्यार्थी घाइते

नेविसंघले पृथ्वीनारायण क्याम्पस अघि निकालेको मशाल जुलुशमा प्रहरी हस्तक्षेप, चार बिद्यार्थी घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ माघ २०७५
  • 4.9K
    Shares

सरकारका गलत कार्यको बिरोधमा नेपाल बिद्यार्थी संघले बुधबार साँझ पोखराको पृथ्वीनारायण क्याम्पस गेट आगाडी निकाल्न लागेको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गरी लाठी चार्ज गर्दा चार जना बिद्यार्थी घाइते भएका छन् ।

नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यक्रम अन्तर्गत बुधबार साँझ निकालिएको मसाल जुलुसमा प्रहरीले गरेको लाठी प्रहारबाट गोविन्द नेपाली, राज आचार्य, अमृत पौडेल, भरत पोखरेल अञ्जान घाइते भएको नेविसंघले जनाएको छ । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।

मसाल जुलुस निकाल्न लाग्दा प्रहरीले क्याम्पस गेटमै पुगेर हस्तक्षेप गरेको नेविसंघ कास्कीका निवर्तमान अध्यक्ष विकास थापाले बताए । प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थीले ढुंगामुढा गरेका थिए । प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीको हस्तक्षेपका बाबजुद नेविसंघले कोणसभा गरेर कार्यक्रम सम्पन्न गरेको थियो  ।

कास्की प्रहरीले चाहीँ प्रहरीले कुनैपनि हस्तक्षेप नगरेको बताएको छ । कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले विद्यार्थीले नै ढुंगामुढा गरेको तर प्रहरीले कुनै प्रतिकार नगरेको बताए । घटना सामान्य रहेको उनको भनाई छ ।

 

प्रतिक्रिया