बैकल्पिक सट्टा चलाएको दाबी गर्दै आएको बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पहिलो पटक आफ्नो जनमुक्ति सेना रहेको स्वीकार गर्दै त्यही जनमुक्ति सेना र बहिर्गमित जनमुक्ति सेना मिलाएर जनमुक्ति सेना पुनर्गठन गर्न आव्हान गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी काे केन्द्रीय जनसुरक्षा विभागका तर्फबाट बिभागका सचिव अठोटले एक प्रेस बिज्ञप्ति जारी गर्दै जनमुक्ति सेना पुनर्गठन गर्न आव्हान गरेको हुन् ।
सो बिज्ञप्तिमा बहिर्गमित जनमुक्ति सेना र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई विभिन्न तत्वहरूले उत्तेजित बनाउने गरेको भन्दै बहिर्गमित जनमुक्ति सेनाको अधिकारको हवाला दिँएर हरियो घाँस देखाउनेहरूले नै हिजो जनमुक्ति सेनालाई निःशस्त्र पार्न न्वारनदेखिको बल लगाएको उल्लेख गरेकाे छ। साथै विज्ञप्तिमा जनयुद्धका कतिपय विशिष्ट घटनाहरूलाई लिएर त्यसमा मानवअधिकारको रङ भरी नेपालको सार्वभौमिकतामा हस्तक्षेप गर्नु क्रान्तिकारी आन्दोलनमाथिको चलखेल हो भनिएको छ ।
बिज्ञप्तिमा “शान्तिप्रक्रियालाई वास्तविक शान्ति, अग्रगमन र आर्थिक–सामाजिक रूपान्तरणको बाटोमा तगारो हाल्नेहरूले नै सङ्क्रमणकालीन कानुनका नाममा देश र जनताका विरुद्ध षड्यन्त्र गरिरहेको भन्दै विज्ञप्तिमा देशलाई मुक्त गर्न एकीकृत जनक्रान्तिको बाटो हुँदै वैज्ञानिक समाजवाद” स्थापनाको बाटोमा अघि बढन अपिल गरेकाे छ।
