राजकुमार योगी /कालीकोट –
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य नवीन बि,क ‘हितमान’ ले आफ्नो पार्टीले शुरवात गरेको संगठन सुदृढ तथा विस्तार अभियान २ बाट आतंकित र भयभित भएको वर्तमान दलाल राज्यसत्ताका मतियारहरु अभियानको अन्तिम चरणसम्म पुग्दा अस्तित्व रक्षाको संकटमा पुग्ने दाबी गरेका छन् ।
पार्टीले आयोजना गरेको जिल्लास्तरको दुई महिने संगठन सुदृढ तथा विस्तार अभियान २ को कालीकोट जिल्लाको नरहरीनाथ गाउँ पालिका लालुमा आज उद्घाटन गर्दै नेता हितामानाले यस्तो कुरा बताएका हुन् । उनले वर्तमान दलाल सरकारले जनता र रास्ट्रका पक्षमा लडिरहेका नेकपाका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरी झुट्टा मुद्दा लगाउने र पक्राउ पुर्जी जारी गर्ने बाहेक अरु केहि गर्न नजानेको र त्योभन्दा अरु कुनै पनि कम गर्न सक्ने अवस्थामा नरहेको उनको भनाइ थियो l
पार्टी कालिकोट जिल्ला सेक्रटरी रणदिपको अध्तक्षतामा भएको सो कार्यक्रममा उपस्थित सबैलाई जिल्ला पार्टी सचिपालय सदस्य रमेश चदाराले स्वागत गर्नु भएको थियो भने कार्यक्रम संचालन धरातल ले गर्नु भएको थियो।

