सामान्य भनाभनमा प्रहरीको कुटाइबाट बस्नेत गम्भीर घाइते

सामान्य भनाभनमा प्रहरीको कुटाइबाट बस्नेत गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ माघ २०७५
  • 5.7K
    Shares

सोम बहादुर बस्नेत

प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गम्भीर घाइते भएका बागलुंगको  गलकोट नगरपालिका ६ हरिचौरका ४० बर्से सोमबहादुर बस्‍नेतको पोखरामा उपचार भैरहेको छ ।

पोखराको फेवासिटी अस्पतालको र्आइसीयूमा उपचाररत उनको पिसाब नली फुटेको छ। कुटपिटपछि शरीरमा रगत धेरै जमेकाले त्यो निकालेर उनको अपरेसन गरिएको अस्पतालले जनाएको छ।

सोमबार राति साढे ९ बजेको समयमा हटिया बजारमा बस्‍नेतसहित रहेका बिक्की गैरे, कृष्ण खत्री र प्रहरीबीच भनाभनपछि कुटपिटमा परिणत भएको थियो। बस्‍नेत, खत्री र गैरेले मदिरा सेवन गरेको र प्रहरीले सोधपुछ गर्ने क्रममा झगडा भएको प्रत्यक्षदर्शी बताउँछन्। प्रहरीको कुटपिटबाट घाइते कृष्ण खत्रीको अवस्था भने सामान्य छ। गैरेलाई भने केही नगरेको बताइएको छ।

स्थानीय बासिन्दाले प्रहरीले सामान्य विषयमा निघात कुटपिट गरेको भन्दै घटनामा संलग्न प्रहरीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। तर कुटपिटमा संलग्न आरोप लागेका प्रहरी जवान विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौरमा तानिएको प्रहरी निरीक्षक केशवसिहं थापाले बताए।

प्रतिक्रिया