भारतीय फुटबल टोलीका मुख्य प्रशिक्षक स्टेफेन कन्सटानटाईनले राजिनामा दिएका छन् । युएइमा जारी एसीयन कप फुटबलमा भारत समुहचरणमै रोकिएलगत्तै उनले राजिनामा दिएका हुन् ।
समुहचरणको अन्तिम खेलमा बहराईनसंग एक शुन्यले पराजित हुदै भारत, प्रतियोगीताबाटै बाहिरिएको थियो ।
पहिलो पटक समुहचरण पार गर्दै नकआउट चरणमा पुग्ने उसको लक्ष्य पनि अधुरै बनेपछि प्रशिक्षकले नैतिकताका आधारमा राजिनामा दिएका हुन ।
बहराइनसंग मात्र बराबरीको नतिजाले पनी भारत नकआउट चरण प्रबेश गर्नेथियो । तर खेलको अन्तिम मिनेटमा पेनाल्टिमार्फत गोल गर्दै बहराईन बिजयी बनेको हो ।