ने.क.पा.का तीन मजदुर नेतालाई हिरासतमुक्त गर्न सर्बोच्चको आदेश

ने.क.पा.का तीन मजदुर नेतालाई हिरासतमुक्त गर्न सर्बोच्चको आदेश


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १ माघ २०७५
  • 4.4K
    Shares

सर्वोच्च अदालतले विप्वल नेतृत्वको ने.क.पा. निकट तीन  मजदुर नेतालाई रिहा गर्न आदेश दिएको छ ।

सर्बोच्चले चन्दा माग्दै धम्क्याएको आरोपमा पक्राउ गरिएका अमर झाँक्री नेतृत्वको अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघको केन्द्रीय सदस्य समेत रहेका अखिल क्रान्तिकारी हाईड्रो तथा खानी मजदुर संघका केन्दीय अध्यक्ष लोकेन्द्रराज थापा, संघकै उपाध्यक्ष विकास थापा र महासचिव केशबबहादुर बुढालाई  हिरासतमुक्त गर्न आदेश दिएको हो ।

उनीहरुलाई बिनाकारण गिरफ्तार गरी गैरन्यायिक रुपमा प्रहरीले हिरासतमा राखेको भन्दै तत्काल रिहाईको मागसहित कमला स्याङतान र नवराज विकास थापाले रिहाईको माग गर्दै पुस २४ गते रिट निवेदन दार्ता गरेका थिए ।

रिट निवेदनमाथिको बहसमा निवेदकको पक्षबाट अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंगाना र राजु अधिकारीले गरेका थिए । रिटमा गृह मन्त्रालय, ललितपुर प्रहरी परिसर, प्रहरी प्रधान कार्यालय, सिंहदरबार प्रहरी वृत्त, काठमाडौं जिल्ला प्रशासन कार्यालय लगायतलाई विपक्षी बनाइएको थियो ।

उनीहरुलाई यही पुस १९ गते साँझ ६ बजेतिर करिब आधा घण्टाको अन्तरमा ललितपुरको भैंसेपाटी र नख्खु चोकबाट प्राइभेट गाडीमा आएका सादा पोशाकका प्रहरी टोलीले गिरफ्तार गरेको थियो ।

सर्वोच्चका अनुसार लोकेन्द्रराज र केशवबहादुरलाई दिइएको पक्राउ पुर्जीमा अभद्र व्यवहारस्म्बन्धी कसुर भनिएको छ ।

तर, महाशाखाले अदालतलाई दिएको लिखित जवाफमा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तरगत दफा ११८ को कसुरमा भन्ने उल्लेख छ ।

रितपूर्वक पक्राउ पूर्जी जारी नभएको र थुनामा राख्नुपर्ने पर्याप्त कारण नभएको सर्वोच्चको ठहर छ ।

‘चन्दा’ उठाएको आरोपमा गिरफ्तार गरिएपनि त्यससम्बन्धी आधारहरु फेला पर्न नसकेपछि प्रहरीमाथि ‘अभद्र’ व्यवहार गरेको अभियोगमा सार्वजनिक मुद्दा चलाइएको बन्दीहरुले बताएका छन् ।

प्रतिक्रिया