साईपल पोष्ट डटकमका प्रबन्ध सम्पादक विक बझाङबाट पक्राउ

साईपल पोष्ट डटकमका प्रबन्ध सम्पादक विक बझाङबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २० पुष २०७५
  • 5.7K
    Shares

गणेश बिक

राजनीतिक आस्था र समाचार लेखेको बिषयलाई लिएर विप्लव नेतृत्वको ने.क.पा. निकट क्रान्तिकारी पत्रकार सँगठन नेपालमा आबद्ध साईपल पोष्ट डटकमका प्रबन्ध सम्पादक गणेश विकलाई अाज बझाङबाट प्रहरीले प्रकाउ गरेको छ ।

बझाङमा भएका अन्याय, अत्याचार, भ्रस्टाचार र बेथितिका बिरुद्ध बेजोड तरीकाले आफ्नो अनलाइन मिडिया मार्फत उजागर गर्दै आएका बिकले हिजो दिउँसो घुमुवा प्रहरीको मिलिमतोमा अबैध रुपमा लागु औषधको कारोबार हुने गरेको तस्बिर सहितको समाचार प्रकाशित गरेका थिए ।

यसैबीच, क्रान्तिकारी पत्रकार सँगठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले राजनीतिक आस्था राखेको र समाचार लेखेकै आधारमा राज्यद्वारा पत्रकार पक्राउ पर्ने प्रबृत्तिप्रति कडा आपत्ति जनाएका छन् । उनले पक्राउ परेका पत्रकार विकको तत्काल रिहाइको समेत माग गरेका छन ।

अध्यक्ष दुम्रेले पत्रकार विककाे रिहाईका लागि बझाङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग कुराकानी भईरहेको जानकारी पनि दिएका छन ।

यस्तो थियो बिकले लेखेको समाचारः

बझाङमा पछील्लो समयमा जिल्लाको सदरमुकाम चैनपुरमा प्रहरीकै मिलोमतोमा लागु औषध चरेश विक्री वितरण गरेको छ ।

प्रहरीकै मिलोमतोमा प्रत्यक्ष रुपमा लागुऔषध चरेस बिक्री बितरण गरेको सूचनाहरु बाहिर आउँदा पनि जिल्ला प्रहरी कार्यालय बझाङ र यससँग समन्धीत सरोकारवाला निकायहरु मौन बनेका छन् ।

जिल्लाकै अति संवेदनशील मानिने सदरमुकाम चैनपुरको धेरै जसो स्थानमा रहेका लागुऔषध चरेस बिक्री बितरण गर्ने अखडाहरुमा दैनिकी रुपमा करौडौंको चरेस बिक्री वितरण गरेको तथ्य बाहिर आएको छ । प्रहरीको प्रत्यक्ष संग्लनबाट बझाङको बसपार्क, सिमखेत, चैनपुर, गोलाई, पडेस, प्रहरीकै सङ्लग्नतामा लागु औषधचरेस बिक्री बितरण सूचनाहरु बाहिर आएको छ ।

जिल्लामा भैरहने अपराध अनुसन्धानमा खटीने धुमुवा प्रहरी र डिउटीमा खटिने प्रहरी अपराधविरुध खटिनुको सााटो लागु औषध चरेस बिक्री वितरण सुरक्षामा पछि लागिरहेको सदरमुकाम चैनपुरका स्थानियवासीहरु बताउँछन् । ‘म नेपाल प्रहरीको क्षेत्रीय घुमुवा प्रहरी हुँ’ भन्दै लागुऔषध चरेस विक्री वितरण गर्ने व्यक्तिबाट पैसा असुली गरेको एक गोप्य स्रोतले जानकारी दिएको छ ।

सदरमुकाम चैनपुरमा प्रहरीको लापरवाहिका कारण दिनानु चोरीका घटाना घटिरहेका छन् । केही अघिमात्रै दिउँसै अभि भनिनेको बोहराको कानमा लगाएको मुन्द्रा चोरी भएको थियो । त्यस लगत्तै सदरमुकाम चैनपुरकै मेन चैराहमा रहेको चन्द्र मोवाईल ग्यालरीमा चोरी हुदा लाखौ रुपयौ चोरी गर्नुका साथै मोवाईल ग्यालरीमा रहेका मोवाईल ल्याप्टप रुपैयाँ चोरी भएको थियो ।

प्रतिक्रिया