सालको रुख भएको जंगल फंडानी गरेर मालामाल भैरहेका स्थानीय जनप्रतिनिधि, स्थानीय प्रहरी-प्रशासन र वन उपभोक्ता समितिका पदाधिकारीहरुले सर्लाही जिल्लाको बागमती नगरपालिका वडा न. ३ धररामा बस्ने सुकुम्बासीको उठिवास लगाएका छन् l
ठुलो संख्यामा रहेका सशस्त्र तथा जनपथ प्रहरीसहित सागरनाथ वन परियोजनाका पदाधिकारी र बागमती नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्ष तिलक मोक्तानसहितको टोलीले शुक्रबार धरराबस्तीका सुकुम्बासीको उठिवास लगाएका हुन् l सो टोलीले ५० वटा सुकुम्बासीका घर भत्काएको प्राप्त समाचारमा जनाइएको छ l
यसैबीच ने.क.पा. सर्लाहीले धरारा बस्तीको सुकुम्बासीको उठिबास गरिएकोप्रति आपत्ति जनाएको छ l साथै उठिबास गरिएका सुकुम्बासीको उचित ब्यबस्थापन गर्न माग गर्दै ने.क.पा.ले यदि दमन नरोके कडा प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ l
यसैबीच ने.क.पा सर्लाहीले दिएको जानकारी अनुसार, भ्रष्ट सरकारले भारतलाई खुशी पार्न सर्लाहीको लालबन्दीदेखि बाकेसम्म हाइवेदेखि उत्तरको हजारौं बिगाहा जङ्गलमा रहेका हजारौं सालको हरियो रुख काटि भारत सङ करोडौं पैसा चलखेल गरेको छ l