भारतीयको मिलेमतोमा चिनिया कम्पनी गेजुवालाई बुढीगण्डकी परियोजना निर्माणको ठेक्का दिएकोमा आपत्ति

भारतीयको मिलेमतोमा चिनिया कम्पनी गेजुवालाई बुढीगण्डकी परियोजना निर्माणको ठेक्का दिएकोमा आपत्ति


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ९ पुष २०७५
  • 6.1K
    Shares

गोरखामा आयोजित एक अन्तरक्रिया कार्यक्रमका सहभागी जलश्रोतविद, राजनीतिक नेता र स्थानीय जनताले रास्ट्रिय गौरवको आयोजना भनिएको बुढीगण्डकी जलबिद्युत आयोजना विदेशी लगानीमा भन्दा पनि नेपाली लगानीमा बनाइनुपर्ने कुरामा जोड दिएका छन् l

नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरोले गोरखाको सदरमुकाम गोर्खा बजारमा आइतबार आयोजना गरेको ‘नेपालको जलस्रोतमा बैदेशिक हस्तक्षेप’ (सन्दर्भ बुढीगण्डकी जलविद्युत परियोजना)” बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बुढीगण्डकी जलबिद्युत आयोजना नेपाली लगानीमा बनाइनुपर्ने कुरामा जोड दिएका हुन् l

सो कार्यक्रममा आफ्नो अवधारणा पत्र प्रस्तुत गर्दै विप्लव नेतृत्वको ने.क.पा.का केन्द्रीय सदस्य गुणराज लोहनीले नेपालमा रहेको दलाल सरकारकै कारण भारतीयको मिलेमतोमा चिनीया विव्वादित कम्पनी गेजुवालाई बुढीगण्डकी परियोजना निर्माणको ठेक्का दिएको आरोप लगाए l उनले बुढीगण्डकी जलबिद्युत आयोजना नेपाली लगानीमा बनाइनुपर्ने कुरामा जोड दिंदै यो आयोजना निर्माणको ठेक्का विदेशी कम्पनीलाई दिनु नेपाली जनताको मनोभावनाबिरुद्ध हुने बताए l  उनले राज्यसँग उचित नीति हुने हो भने बुढीगण्डकी जलबिद्युत आयोजना जस्ता ठुला ठुला आयोजनाहरु निर्माण गर्न आवस्यक यथेष्ट लगानी नेपाली जनातासंगे रहेको दाबी गर्दै टेलीफोन महशुलमा लगाएको कर, विभिन्न बैंकहरुमा थन्किएको लगानीयोग्य रकम, धुम्रपान तथा मदिराजन्य पदार्थमा लगाइएको करहरु यस्ता आयोजनाहरुमा लगाउन सकिने उनको तर्क थियो l

रातोखबर प्रकाशन गृहका निर्देशक समेत रहेका नेता लोहनीले एउटा सार्वभौम स्वतन्त्र राष्ट्र नेपालमा, सुगौली सन्धीदेखि अहिलेसम्म यहाँको राजनीतिक आर्थिक, सांस्कृतिक क्षेत्रमा अतिक्रमण हुँदै आएको बताए । उनले अघि भने –‘चीन र पश्चिम मुलुकले अहिले पनि हस्तक्षेप जारी राखेका छन् ।’

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै जलस्रोतविद् तथा बुढीगण्डकी जलविद्युत परियोजनाका पूर्व अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाले चिनियाँ कम्पनी गेजुवाले नेपाली जनताको हक र हित हेरेर भन्दा पनि भारताको चाहना अनुरुप काम गर्न लागेको आक्षेप् लगाए l उनले हरेक योजना तथा आयोजना निर्माणको नाममा बिदेशी शक्तिको भर पर्ने हो भने देश कंगाल हुने उनको धारणा रहेको थियो l

अर्का वक्ता जलस्रोतविद् तथा पूर्व जलस्रोत मन्त्री दिपक ज्ञवालीले भारतको चाहनामा चिनियाँ कम्पनी गेजुवालाई यो परियोजना निर्माण गर्न दिइएको भन्दै भारत सरकारले विद्युतलाई राजनीतिको श्रोतका रुपमा लिएर नेपालको पानी माथि नियन्त्रण गर्न लागि परेको तितो यथार्थता प्रस्तुत गरे ।

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गरेकी ने.क.पा.की केन्द्रीय सदस्य एबम  गण्डक ब्युरो इन्चार्ज आस्थाले देश र जनताको पक्षमा शुरु गरिएको आयोजना निर्माण गर्ने नाममा भित्राइने बिदेशी लगानीका बिरुद्धको आन्दोलनमा सहभागी हुन्आम नेपाली जनतासंग आव्हान गरेकी थिइन l

कार्यक्रममा जलस्रोत विज्ञ गोविन्द शर्मा पोडेल, पूर्व मन्त्री तथा उर्जा व्यवसायी देवबहादुर पौडेल, नयाँ शक्ति पार्टीका प्रदेश सांसद हरिशरण आचार्य, विप्लव नेतृत्वको ने.क.पा. कास्कीका इन्चार्ज रुपेश, नेपाली कांग्रेस गोरखा जिल्ला सदस्य मीना अधिकारीलगायतले विदेशी हस्तक्षेप विरुद्ध संयुक्तरुपमा आवाज उठाउने शक्तिलाई आफुहरुको साथ रहने बताए ।

प्रतिक्रिया