बुढीगण्डकी जलविद्युत् आयोजनामा विदेशी लगानीको विरोधमा नेकपाद्वारा चरणबद्ध आन्दोलन शुरु

बुढीगण्डकी जलविद्युत् आयोजनामा विदेशी लगानीको विरोधमा नेकपाद्वारा चरणबद्ध आन्दोलन शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ पुष २०७५
  • 5.6K
    Shares

गोर्खा, ५ पुष २०७५ ।
नेपाल सरकारले राष्ट्रिय गौरबको आयोजना भन्दै धादिङ र गोर्खा जिल्लाको सीमाना भएर बग्ने बुढी गण्डकी नदीमा निर्माण गर्न लागिएको बुढीगण्डकी जलविद्युत् आयोजनाको ठेक्का विदेशीलाई दिने प्रकृयाको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विरोध गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएको छ । उसले चरणबद्ध आन्दोलनका क्रममा बिहीबार गोर्खा र धादिङको सीमामा रहेको आरुघाट बजारमा विशाल ¥यालीसहित जनसभा ग¥यो ।
¥यालीका क्रममा सहभागी नेकपाका कार्यकर्ताहरुले राष्ट्रिय गौरवको आयोजनामा नेपाली जनताकै लगानी हुनुपर्ने, यस्ता आयोजनामा विदेशी लगानीलाई निषेध गर्नुपर्ने, बुढीगण्डकी जलविद्युत् आयोजनाबाट बिस्थापित बनी पीडित बनेका स्थानीय जनता र सुकुम्बासीको जीकिोपार्जनको सुनिश्चितता हुनुपर्ने लगायतका नारा लगाएका थिए । ¥याली धादिङको आरुघाटबजारस्थित धादिङ बसपार्कबाट शुरु भई बुढीगण्डकी नदीको पुल पार गरि गोर्खाको आरुघाटस्थित हाकिमचोकमा पुगेर जनसभामा परिणत भएको थियो ।


सो जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भेषराज भुषाल “ध्रुव”ले सरकार सहमत भएमा आफ्नो पार्टीले कब्जा गरेको दलाल र सामन्तहरुको जग्गा निर्माणााधिन बुढीगण्डकी जलविद्युत् आयोजनाबाट बिस्थापित हुने जनतालाई वितरण गर्न आफूहरु तयार रहेको बताए । उनले निर्माणाधिन जलविख्ुत् आयोजना पीडित स्थानीय र सुकुम्बासीलाई कम्तीमा एक बिगाहा जमीन दिएमा पीडित जनतालाई जीविकोपार्जन गर्न सहज हुने तर्क गर्दै देशभर आफुनो पार्टीले कब्जा गरेका दलाल र सामन्तहरुको जग्गा आयोजना पाीडतहरुलाई वितरण गरेमा दलाल राज्यसत्तालाई कुनै अतिरिक्त आर्थिक व्ययभार नपर्ने बताए । उनले राष्ट्रघात र जनघात हुने गरी तथा आयोजना पीडित जनताको उठिबास हुने गरी बैकल्पिक व्यवस्था विना र राष्ट्रिय गौरबको आयोजनामा राष्ट्रिय लगानी निर्माण गरेर राष्ट्रले बनाउने कुराको ग्यारेण्टी नहुँदासम्म नेपाल कम्युनिष्ट पार्टीको संघर्ष जारी रहने उद्घोष गरे ।
राष्ट्रिय महत्वको आयोजना भनिएको बुढीगण्डकी जलविदुत् आयोजना नेपाली जनताले निमाृण गर्न नसक्ने कुतर्क गर्दै अरबौं रुपियाँ आम्दानी हुने आयोजनालाई कौडीको मोलमा दिन लागिएकोमा आपत्ति जनाउँदै नेता भेषराज भुषालले यदि यस आयोजनामा सरकारले लगानी जुटाउन सक्दैन भने लगानी जुटाउने जिम्मा नेकपालाई दिन चुनौती दिए । राष्ट्रिय महत्वको आयोजना बुढीगण्डकी जलविदुत् आयोजनामा लगानी गर्न आम नेपाली जनतालाई काठमाडौंको टुँडिखेलबाट आव्हान गरिने र आवश्यकता अनुसारको रकम उठाउन सकिने भनाई राख्दै उनले अहिले बैंकमा लगानीयोग्य रकम थुपरिईरहेको, व्यक्तिसँग रहेका रकम लगानी गर्ने ठाउँ नपाएर जग्गामा लगानी भईरहेकोले त्यही रकम बुढीगण्डकी जलविदुत् आयोजनामा लगानी गर्न सकिने उनले बताए ।


अर्की पार्टी केन्दीय सदस्य एवं गण्डक ब्युरो ईञ्चार्ज सावित्रा दूरा “आस्था”ले पनि राष्ट्रिय महत्वको आयोजनामा नेपाली जनताको लगानी हुनैपर्ने कुरामा जोड दिंदै राष्ट्रिय महत्वको आयोजनामा विदेशी लगानी कुनै पनि हालतमा स्वीकार्य नहुने बताइन् । उनले कम्युनिष्ट देश भएकाले चिनियाँ कम्पनीको लगानीलाई नेकपाले स्वीकार्छ कि भनेर शंका नगर्न आम नेपाली जनतालाई आव्हान गर्दै दलाल सत्ताका मतियारहरुले कमिशनको लोभमा विना टेण्डर बदनाम चिनियाँ कम्पनी गेजुवालाई ठेक्का दिएको आराृप लगाइन । उनले बदनाम चिनियाँ कम्पनी गेजुवाले नेपालमा निर्माण गरेको कुनै पनि आयोजना सही तरीकाले सम्पन्न नभएको यथार्थता प्रस्तुत गरिन् ।


निर्माणाधिन बुढीगण्डकी जलविद्युत् आयोजना पीडित गोर्खा आरुघाटका पूर्णचन्द्र श्रेष्ठले आयोजना पीडितका नाममा ठूलो चलखेल, कमिशनखोरी र भ्रष्टाचार भएको आरोप लगाए । उनले आयोजना पीडितका नाममा केही नेताले चर्का नारा लगाउने र भित्रभित्रै साँठगाँठ गरेर मोटो रकम लिएको आक्षेप लगाए । उनले विभिन्न चलखेलकाका।ण एउटै ठाउँकाृ र एकै प्रकारको जग्गाकाृ मुआब्जा वितरणमा विभेद गरिएको खुलासा गदैं त्यसका बारेमा सिडिओ र मुआब्जा समितिका कुरा राख्न खोज्दा मौका नदिइएको गुनासो गरे ।
नेकपा गोर्खाका ईञ्चार्ज योगेन्द्र कुमालको अध्यक्षतामा भएको सो सभामा स्वागत मन्तव्य पार्टी गोर्खा जिल्ला सेक्रेटरी कपिल भट्टले गरेका थिए भने कार्यक्रम सञ्चालन बुद्ध गुरुङ गरेका थिए । सो कार्यक्रममा चुनु–शिल्पा साँस्कृतिक परिवारका कलाकारहरुले विभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया