बिनय खड्का
म्याग्दी,
नेकपा निकट अखिल नेपाल राष्ट्रिय बिद्यार्थी युनियन (क्रान्तिकारी) म्याग्दीले बिहिबार सदरमुकाममा बैठक सम्पन्न गरेको छ ।
बैठकमा धौलागिरी ब्युरो इन्चार्ज ध्रुव (बिप्लव), जिल्ला संयोजक सम्राट जिल्ला इन्चार्ज बिजेता, जिल्ला सेक्रेटरी रन्जित लगाएत बिभिन्न विद्यालयका बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
१२ कक्षासम्मको शिक्षा र पाठ्यपुस्तक निशुल्क भएपनि स्कुलहरुले मनोमानी ढंगले शुल्क उठाइरहेको र अहिलेको शिक्षा नीति गलत भएकोले अनुकुल शिक्षा पद्दतिका लागि युनियनले संघर्ष गर्ने कुरा बैठकमा बक्ताहरुले बोलेका थिए ।
बैठकले संगठनले गर्ने आगामी कार्यक्रम उपर केहि निर्णय गरेको थियो ।
१ सम्राट सापकोटा संयोजक हुनेगरी १७ सदस्य समिति निर्माण गर्ने
२ पुष ८ गतेबाट विद्यालयको अभियान शुरु गर्ने
३ माघ ११ गते म्याग्दिको सदरमुकाम बेनीमा विद्यार्थीको सम्मेलन गर्ने
नेकपा म्याग्दीले शनिबार इलाका न.२ को भेला तथा प्रशिक्षण क्रार्यक्रम सम्पन्न गरेको छ । अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) क. क्रान्तिको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि क.बिजेता ,अतिथि क.रन्जित र सन्चालन क.टाइगरले गर्नुभएको थियो । ईलाका न.२ को उक्त भेलाले विभिन्न जनवर्गीय संगठनहरु गठन समेत गरेको उक्त पार्टी निकट स्रोतले जनाएको छ ।