राष्ट्रपति कार्यालय शितलनिवास अगाडिबाट फोटो पत्रकार वर्षा शाह पक्राउ

राष्ट्रपति कार्यालय शितलनिवास अगाडिबाट फोटो पत्रकार वर्षा शाह पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ मंसिर २०७५
  • 9.9K
    Shares

बर्षा शाह

राष्ट्रपति कार्यालय सितलनिवास अगाडिबाट फोटो पत्रकार वर्षा शाहलाई प्रहरीले पक्राउ गरेको छ । उनी देशसञ्चार अनलाइनमा आवद्ध फोटो पत्रकार हुन् ।

प्रेस पास झुण्ड्याएर फोटो खिचिरहेको अवस्थाबाटै प्रहरीले पक्राउ गरी काठमाडौंको महाराजगञ्ज प्रहरी चौकीमा लगिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडमा सवारी खरिद गर्न लागिएको भन्दै विरोधस्वरुप सर्वसाधारणसँग संकलन गरिएको एक–एक रुपैयाँ राष्ट्रपतिलाई पु‍¥याउन पुगेको समूहको फोटो खिच्दै गर्दा फोटो पत्रकार शाह पक्राउ परेकी हुन् ।

पत्रकार शाहलाई सोधपुछका लागि मात्रै ल्याएको महाराजगञ्ज प्रहरी सई दिनेश उप्रेतीले जानकारी दिएका थिए  ।

यसैबीच तस्बिर खिच्ने क्रममा पक्राउ परेकी फोटो पत्रकार वर्षा शाहलाई प्रहरीले तीन घण्टापछि रिहा गरेको छ ।

राष्ट्रपति कार्यालयमा समाचार संकलनका लागि पुगेकी शाहमाथि दुव्र्यवहार भएको भन्दै डिएसपी फणीन्द्र प्रसाइले माफी समेत मागेका छन् ।

प्रतिक्रिया