१३ वर्षीय बालिकाले साढे तीन किलोको स्वस्थ्य छोरा जन्माइन, प्रेमी जेलमा

१३ वर्षीय बालिकाले साढे तीन किलोको स्वस्थ्य छोरा जन्माइन, प्रेमी जेलमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ मंसिर २०७५
  • 7.5K
    Shares

झट्ट सुन्दा पत्यार नलाग्न पनि सक्छ, पोखरामा १३ वर्षीय बालिकाले साढे तीन किलोको स्वस्थ्य छोरा जन्माइन ! तर वास्तविक घटना हो यो ।

स्याङ्जा घर भै हाल पोखराको नयागाउँस्थित थ्रि एन्जल्स नेपालद्वारा सञ्चालित पुर्नस्थापना केन्द्रमा रहेकी बालिकाले पोखराको पस्चिमान्चल क्षेत्रिय अस्पताल हालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साढे तीन किलोको स्वस्थ्य छोरा जन्माइएकी हुन् ।  सामान्य अवस्थामा बच्चा जन्माएकी उनी र छोराको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

समाचार स्रोतका अनुसार, गाउँकै १९ वर्षीय एक युबकसंग प्रेममा रहेकी भनिएकी ती बालिका गर्भवती भएको थाहा पाएपछि उनकी आमाले ती बालिकालाई अस्पताल लगेकी थिइन । अस्पतालले ती बालिकालाई पुनर्स्थापनाका लागि महिला बालबालिका सेवा केन्द्रमा पठाएको थियो । त्यसपछि ती बालिका करीब चार महिना अघि सेवा केन्द्र मार्फत  पोखराको नयागाउँस्थित थ्रि एन्जल्स नेपालद्वारा सञ्चालित पुर्नस्थापना केन्द्रमा बस्न आएकी थिइन ।

अचम्मको कुरा त के छ भने उनका प्रेमी भनिएका युबक तिनै बालिकालाई वलात्कार गरेको आरोपमा यति बेला स्याङ्जा जिल्ला कारागारमा बन्दी जीवन बिताई रहेका छन् ।

नेपालको कानूनअनुसार १८ वर्ष भन्दा कम उमेरका बालिकालाई सहमतिमै यौन सम्पर्क गरेपनि बलात्कार भएको ठहर्छ । प्रेमीसँगको सम्बन्धकाकारण गर्भवती भै ती बालिकाले बच्चा  जन्माएको भए पनि कानुनले बालिकाको करणी भएको भन्दै प्रेमीलाई कारागार पठाएको बताइएको छ ।

प्रतिक्रिया