नेकपाको सेती महाकाली ब्युरोकाे संयुक्त बैठक सम्पन्न

नेकपाको सेती महाकाली ब्युरोकाे संयुक्त बैठक सम्पन्न


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ मंसिर २०७५
  • 6.5K
    Shares

सेती महाकाली

नेपाल कम्युनिस्ट पार्टीको सेती महाकाली ब्युरोकाे संयुक्त बैठक यहि मंसिर २६ गते पार्टीका पाेलिट ब्युरो सदस्य कमरेड अाेम प्रकाश पुनको उपस्थितिमा सम्पन्न भएको छ ।

बैठकले मंसिर अाठकाे काठमाडौं काे विशाल प्रदर्शनमा सेती महाकालीको शसक्त उपस्थिति रहेको समिक्षा सहित अागामि संगठन र संघर्षका थप कार्यक्रमहरु तय गरेको छ । संगठन सुदृढीकरण र बिस्तार अभियानलाई निरन्तरता दिने उद्देश्य अनुरुप बैठकले निम्न निर्णयहरु सार्वजनिक गरेको छ ।

१) पार्टी केन्द्रको निर्णय बमाेजिम मंसिर १६ गतेकाे निर्मला पन्तको बलात्कार र हत्याका बिरुद्धकाे बिराेध सभा कञ्चनपुरको सदरमुकाम भिमदत्त नगरमा भब्य र सानदार भएको , मंसिर १८ गते पश्चिम कमान्ड स्तरीय कम्युनिस्ट बिद्यार्थी अभियान कैलालीको लम्किमा भएको उद्घाटन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको , कैलाली जिल्लामा सामना परिवारकाे उपस्थितिमा लम्कि, टीकापुर , सुख्खड, हसुलिया, बाैनिया र मसुरियाका जनसभाहरु भब्यरुपले सम्पन्न भएकाे समिक्षा गरियो ।

२) बैठकले अाउदाे पुस ११ गते माअाेदिवस कैलालीको धनगढीमा पार्टीका प्रबक्ता कमरेड प्रकाण्डकाे प्रमुख अातिथ्यमा केन्द्रीय सामना परिवारकाे बेजोड प्रस्तुति सहित बिशाल र्यालिसहित सभा गर्ने निर्णय गरेको छ ।

३) सामना परिवारकाे साथमा यहि मंसिर २७ गते डाेटिकाे जाेरायलमा, २९ गते डडेलधुरा काे जाेगबुढा र पुस एक गते अालितालमा, तीन गते बझाङकाे सदरमुकाम चैनपुर र पाँच गते बुङलकाे बिचगडामा, पुस सात गते बैतडीको सदरमुकाम गाेठाला पानी, ९ गते दार्जुलाकाे सदरमुकाम खलंगामा, ११ गते कैलालीको धनगढीमा , १३, १४ र १५ गते कञ्चनपुरको कृष्णपुर, सुक्लाफाँटा र बेलाैरिमा, १७ गते डाेटिकाे सदरमुकाम सिलगढिमा, १९ गते बाजुराको सदरमुकाम मार्तडीमा , २१ गते अछामको साँफेमा, २२ गते सदरमुकाम मंगलसेनमा र २२ गते बिनायकमा विशाल जनसभाहरु गर्ने ती जनसभाहरुलाई पार्टीका पाेलिट ब्युरो सदस्य अाेम प्रकाश पुन लगाएत जनवर्गीय संगठनका केन्द्रीय र पार्टीका ब्युरो स्तरीय नेताहरुले संबाेधन गर्ने निर्णय भएको छ ।

४) साथै बैठकले सेती महाकालीमा राष्ट्रियता , जनतन्त्र र जनजिविका संग संबंधित मुदाहरुलाई लिएर संघर्ष गर्ने निर्णय पनि गरेकाे छ भने सरकारले फेरि निर्मला पन्तका हत्यारालाई बचाउने नाममा निर्दोषहरुलाई फसाउने षड्यन्त्र गर्न लागेकोमा त्यसका बिरुद्ध पनि संघर्ष गर्ने र दाेषिलाई कार्वाहीकाे दायरामा ल्याउन पहल गर्ने निर्णय गरेको छ

प्रतिक्रिया