जनगणतान्त्रिक ईन्जिनियर्स एशोयिसन नेपालद्धऱा चुनाव बहिष्कार: यस्तो छ कारणहरु

जनगणतान्त्रिक ईन्जिनियर्स एशोयिसन नेपालद्धऱा चुनाव बहिष्कार: यस्तो छ कारणहरु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ मंसिर २०७५
  • 8.4K
    Shares

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनगणतान्त्रिक ईन्जिनियर्स एशोयिसन नेपालले, नेपाल इन्जिनियरिङ्ग एशोसियसनको चूनाव बहिस्कार गर्ने निर्णय गरेको छ ।

सिण्डिकेट लगाएर चुनाव गर्न खोजिएको भन्दै एशोसियसनले चुनाव बष्किार गर्ने निर्णय गरेको हो । एशोयिसनले ७० प्रतिशत भन्दा बढी ईन्जिनियरहरुलाई वेवास्था गरेर सिन्डिकेट लगाएर चुनाव गर्न खोजिएको केन्द्रीय संयोजक ईन्जिनियर सुरेश कुमार चौधरीको आरोप छ ।

a४४ हजार दर्ता भएका मध्य २६ हजार भन्दा बaढी ईन्जिनियरलाई समेट्न नसकेकाले चुनाव बहिष्कार गर्ने निर्णय गरिएको कुरा विज्ञप्तिमा उल्लेख छ । विज्ञिप्तिमा भनिएको छ,‘एशोसियसनले समग्र इन्जिनियरहरुको हकहितको लागि भन्दा पनि राजनैतिक नियूक्ति प्राप्तगर्न फेस एक्स्पोजरको रुपमा प्रयोग गरिएको, मूल उद्देश्यहरुलाई कार्यान्वयन गर्न नसकेको  चूनावको नाममा चूनाव मात्र गराउनु लज्जास्पद छ ।’

नेपाल इन्जिनियरिङ्ग एशोसियसनको ३२ औं केन्द्रीय समितिको चुनाव यही मंसिर २८ र २९ गते  हुँदैछ । एशोसियसनले चुनाव बहिष्कार गर्न सबै इन्जिनियरहरुलाई आग्रह समेत गरेको छ ।
चूनाव बहिस्कार गरिएको कारणहरु
१. नेपाल इन्जिनियरिङ्ग एशोसियसन आम इन्जिनियरहरुको साझा संगठन हो भन्ने       कुरा सावित गर्न नसकेको
२. आम इन्जिनियरहरुको पेशागत सुरक्षा पारीश्रमिक र व्यक्तिगत सुरक्षा गर्न असफल भएको
३. नवआगन्तुक इन्जिनियरहरुको लागि इन्टर्नशिपको व्यवस्था गर्न नसकेको
४.इन्जिनियरहरुको पेशागत क्षमता अभिवृदि गर्न इन्जिनियरिङ्ग स्टाप कलेजको स्थापना गर्न असफल भएको
५. प्राइभेट सेक्टरमा कार्यरत इन्जिनियरहरुको लागि न्यूनतम मापदण्ड बनाई तलव निर्धारण गर्न असफल भएको
६.इन्जिनियरिङ्ग विषय सम्बन्धी निकायहरुमा इन्जिनियर प्रमुख कार्यकारी रहने गरी व्यवस्था गर्न नसकेको
७. रोजगारको वातावरण तयार गरी सम्मानजनक सेवा सुविधाको ग्यारेण्टी गर्न नसकेको
८. देशभित्र सञ्चालन हुने परियोजनाहरु बारे देशको हितमा स्पस्ट घारणा प्रस्तुत गर्न नसकेको
९. ठुला कन्सल्टेन्सी, कन्सट्रक्सन कम्पनीहरुले गर्ने गरेको खुलेआम भ्रस्टचारको बारेमा बोल्न नसकेको
१०. इन्जिनियरिङ्ग शिक्षामा भइरहेको अराजकता मनोमानी शूल्क निर्धारणमा काम गर्न असफल भएको ।

प्रतिक्रिया