सुमन श्रेष्ठ
झापा, २४ मंसीर ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले कम्युनिस्ट जागरण अभियान -२०७५ आजबाट सुरु गरेको छ । झापाको गौरादहस्थित एक ग्रामीण बस्तिबाट उक्त अभियान शुरु गरिएको हो ।
अभियान उद्घाटनका क्रममा बोलेका वक्ताहरुले कम्युनिस्ट समाज निर्माणको निम्ती आवश्यक बैज्ञानिक समाजबादी सत्ता बनाउन एकिक्रित जनक्रान्तिको भूमिकाको बिषयमा बोलेका थिए भने उपस्थित जनताहरुले विकास र सम्वृद्धि पाउने आशामा चुनाब जिताएर पठाएका सरकार र जनप्रतिनिधिहरुले महंगी, भ्रस्टाचार, अनियमितता, ढिलासुस्ती, असुरक्षा दिएको भन्दै आक्रोश पोखेका थिए । त्यति मात्र हैन उनीहरुले जनविरोधी सरकार र जनप्रतिनिधीहरुहरुलाई बहिस्कार गर्ने उद्घोष गरेका थिए ।
नेकपा झापाका इन्चार्ज सौगात र सेक्रेटरी सुमनसिंह सहितको अभियान टोली झापाका ग्रामिण एवं शहरी क्षेत्रमा पुग्ने नेकपा झापाले जनाएको छ ।