अवैध नियुक्ति खारेज गर्न अखिल क्रान्तिकारीको २४ घन्टे अल्टिमेटम

अवैध नियुक्ति खारेज गर्न अखिल क्रान्तिकारीको २४ घन्टे अल्टिमेटम


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ मंसिर २०७५
  • 5.1K
    Shares

नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको अखिल (क्रान्तिकारी) ले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ईकाइ समितिले सो विश्वविद्यालयमा भएका अवैधानिक नियुक्ति खारेजीको माग गरेको छ  । 

क्रान्तिकारी सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ईकाइ समिति अध्यक्ष भरत बिकले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । बिज्ञप्तिमा उनले  अवैध रूपमा सहप्राध्यापकहरूलाई नियुक्ति दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउन्दै सो नियुक्तिप्रति आपत्ति जनाएका छन्  । शैक्षिक विकृति–विसङ्गतिका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आइरहेको अखिल (क्रान्तिकारी)ले  मङ्सिर २३ गते आइतबार शाखा विभागीय प्रमुखलाई पत्र लेख्दै अवैधानिक नियुक्ति खारेजीको माग गरेको छ । उनको पत्रमा लेखिएको छ, ‘२४ घण्टाभित्रमा अवैधानिक नियुक्ति खारेज गर्नका लागि विशेष अनुरोध गर्दै विद्यार्थीको पठनपाठनका विषयमा तत्काल प्रक्रिया पु¥याई वैज्ञानिक रूपमा लिखित, मौलिक र कक्षा अवलोकन गरी आवश्यकताअनुरूप मात्रै व्यवस्थापन गर्न अनुरोध गर्दछौँ । उनले पत्रमा लेखेका छनर, ‘अन्यथा हाम्रो सङ्गठन कडाभन्दा कडा सङ्घर्षमा उत्रने चेतावनी दिन्छौँ ।’

प्रतिक्रिया