विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य सन्तोष बुढा मगरले वर्तमान दुई-तिहाईको कम्युनिष्ट सरकारलाई कम्युनिष्टका नाममा कम्युनिष्ट मास्ने नक्कली कम्युनिष्ट”को संज्ञा दिएका छन् ।
अखिल (क्रान्तिकारी ) मध्य पश्चिम कमान्डको अभियान उद्घाटन गर्दै नेता बुढा मगरले वर्तमान सरकारलाई नक्कली कम्युनिष्टको संज्ञा दिएका हुन् । त्यति होइन उनले यस सरकारलाई साम्राज्यवादीहरुको दलाल अनि बुँख्याचा भएको आरोप लगाए । यथास्तिबादी र पश्चगामी चेतमा वर्तमान सरकार चलिरहेको भन्दै नेपाली जनताको आडमा भन्दा पनि साम्राज्यावादीहरुको इशारामा चलिरहेको भनाई उनको रहेको थियो ।
कन्चनपुरकी बालिका निर्मला पन्तको हत्या सम्बन्धमा आफ्नो पार्टीले एउटा छानविन समिति बनाएको जिकिर गर्दै केन्द्रीय जनसरकार प्रमुख समेत रहेका नेता सन्तोष बुढा मगरले छानबिनका क्रममा पार्टी हत्याराको नजिक पुगेको बताए । छानविनपछी सत्य तथ्य कुरा सार्वजनिक गरिने जानकारी दिंदै उनले अहिले बम दिदि-बहिनीलाई लुकाइनु, एसपी बिस्ट र मेयरका छोरा फरार हुनुलाई सो हत्यामा उनीहरुको संलग्नता बारे आशंका बढेको दाबी गर्दै नेता सन्तोष बुढा मगरले उनीहरुको साथमा उच्च पदस्थ व्यक्तिका सन्तानको उक्त हत्या काण्डमा उच्च पदस्थ व्यक्तित्वको सन्तानको संलग्नता हुन सक्ने देखिएको उनले संकेत गरे ।
नेकपाकी केन्द्रीय सदस्य एबम गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा ‘आस्था’ले राजनीतिक नियुक्ति र नेताका वरिपरी घुम्ने सरकारी अखिल क्रान्तिकारीका नेताभन्दा फरक जनता र विद्यार्थीमा भिजेको पढाईमा समेत अब्बल देखिने नेता तथा कार्यकर्ता बन्न आफ्नो पार्टी निकट अखिल क्रान्तिकारीका नेता तथा कार्यकर्तालाई निर्देशन दिइन l
कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय महासचिब सागर पुन, नेकपा गण्डक ब्युरो सदस्य एबम फ्र्याक्सन इन्चार्ज जगनाबा,अखिल क्रान्तिकारीकी केन्द्रीय सचिब सन्तोषी भट्टराई, केन्द्रीय सदस्य मिलन राई लगायतले बोलेका थिए भने चुनू शिल्पा सांस्कृतिक परिवारका कलाकारहरुले बिबिध नृत्य प्रस्तुत गरेका थिए ।