सर्वोच्च अदालतले राज्यविरुद्धकोे सङ्गठित कसुर मुद्दामा पक्राउ परेका सिके राउत (चन्द्रकान्त)को बन्दीप्रत्यक्षीकरण निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले राउतसम्बन्धी बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।
आदेशमा भनिएको छ,‘राउतविरुद्ध रौतहट जिल्लामा दर्ता भई विचाराधीन रहेको राज्यविरुद्धको सङ्गठित कसुर अपराधको मुद्दामा बयानका लागि उपस्थित गराउनु ।’ सर्वोच्च अदालतले राउतलाई थप बयानका लागि रौतहट नै पठाएको छ ।
स्वतन्त्र मधेशका विषयमा राज्यविरुद्धका वक्तव्य दिएको भन्दै प्रहरीले पक्राउ गरी राउतविरुद्ध रौतहटमा मुद्दा चलाएको थियो । सोही क्रममा राउतले धरौटी वा साधारण तारेखमा थुनामुक्त गर्न माग गर्दै गत १२ कात्तिकमा सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।