निर्मला पन्तको हत्याराको कारवाहिको माग गर्दै मेची ब्युरोमा बृहत प्रदर्शन

निर्मला पन्तको हत्याराको कारवाहिको माग गर्दै मेची ब्युरोमा बृहत प्रदर्शन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ मंसिर २०७५
  • 9.5K
    Shares

सरगम श्रेष्ठ ‘सुमन’ /झापा ।

कंचनपुरकी निर्मला पन्तको हत्याराको कारवाहिको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी  मेची ब्युरो अन्तरगतका जिल्लाहरुमा आइतबार बृहत  जनप्रदर्शन गरेको छ ।

निर्मलाको बलात्कारपछि हत्या भएको ४ महिना वितिसक्दा समेत सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेपाल कम्युनिष्ट पार्टी झापाले हत्याराको तत्काल पहिचान गरी कारवाहीको माग गर्दै जनप्रदर्शन  गर्यो   ।

झापाकाे बिर्तामाेडकाे पश्चिम बसपार्कदेखी नाराबाजीसहित सुरु भएको र्‍याली इलाम बस पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेपाल कम्युनिष्ट पार्टीका झापा जिल्ला सेके्टरी सुमनसिंङ ले सम्बोधन गर्नु भएकाे थियाे ।

कोणसभालाई सम्बोधन गर्दै सुमनले ४ महिनासम्म पनि हत्यारा पत्ता लगाउन नसक्ने दुई तिहाइको सरकार जनतासामू नालायक सावित भइसकेको दावी गरे । ‘घटना भएको यत्तिका दिन बितिसक्यो । यो सरकारले दोषी पत्ता लगाउने कुनै छाँटकाँट देखिदैन’ उनले प्रश्‍न गरे, ‘यस्ता सरकारसँग जनताले के आशा राख्नु ?’सरकारले निर्मलालाई न्याय नदिलाएपनि आफ्नो पार्टीले न्याय दिलाएरै छोड्ने उद्घोष गरे । ‘निर्मलाले न्याय पाउनुपर्छ । दोषी जति लुकाएपनि एक दिन अवस्य पर्दाफास हुन्छ’ भने, ‘त्यसका लागि जति संघर्ष गर्नु पनि हामी र हाम्रो पार्टी तयार छ ।’

यसैगरी निर्मला पन्तको न्यायका लागि सरकारलाई दवाव दिन आइतबार नेपाल कम्युनिष्ट पार्टीले देशभर जनप्रदर्शन गरेको थियो ।
इलामको ठूलो टुंडिखेलबाट नाराबाजीसहित सुरु भएको र्‍याली इलाम चोकबजारमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेपाल कम्युनिष्ट पार्टीका मेची व्युरो कार्यालय सदस्य जनपरिषद नेपालका केन्द्रीय सदस्य होम खतिवडा ‘विद्रोही’ ले सम्बोधन गरेका थिए ।
त्यस्तै पाँचथर जिल्लाकाे फिदीममा पनि नाराबाजीसहित सुरु भएको र्‍यालीबजार परिक्रमा गरी गणतान्त्रिक चाेकमा पुगेर कोणसभामा परिणत भएको थियो । काेणसभालाई सम्भाेन क. दिपक ले गर्नु भयाे । कार्यक्रम सन्चालन क.बिजयले गर्नु भयाे |
ताप्लेजुङकाे सदरमुकाममा पनिनाराबाजीसहित सुरु भएको र्‍यालीबजार परिक्रमा गरी
कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया