स्वास्थ्य सेवा निर्देशनालय गण्डकी प्रदेश पोखराका प्रमुख डा तारानाथ पौडेल एक लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आगोगको टोलीले स्वास्थ्य सेवा अन्तर्गत ११ आैं तहमा कार्यरत डा तारानाथ पौडेललाई घुससहित पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार प्रदेश स्वास्थ्य सेवा निर्देशनालय पोखरामा ११ औं तह अर्थात सहसचिव कार्यालय प्रमुख रहने ब्यबस्था छ ।
स्वास्थ्य सेवा निर्देशनालय अन्तरगत क्षेत्रीय कार्यालय पोखरामा कार्यरत डा पौडेललाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको दंगालले बताए । दंगालका अनुसार पौडेलले एकजना युवालाई लोकसेवा आयोगामा जागिर लगाइदिने आश्वासन देखाएर घुस लिएका खुलेको छ ।
डा पौडेल यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक हुँदा पनि विवादित बनेका थिए ।