कंचनपुरकी बालीका निर्मला पन्तको बलात्कार पछी भएको हत्याका आरोपीलाई तत्काल पक्राउ गरी कानुनको दायरामा ल्याउन माग गर्दै विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीले आज पोखरामा जनप्रदर्शन गर्यो l नेकपाको देशव्यापी कार्यक्रम अन्तरगत नेकपा कास्कीले पोखरामा जनप्रदर्शन गरेको हो l
त्यस अवसरमा नेकपा कास्कीका सेक्रेटरी आक्रोशले बालिका निर्मला पन्तको हत्यारा खोजी गर्ने क्रममा नेकपा नजिक पुगेको दाबी गर्दै सरकारले दोषीमाथि कारवाही नगरे नेकपाले कारवाही गर्ने बताए l उनले देशभर व्याप्त, हत्या, वलात्कार, भ्रस्टाचार, अनियमितताबिरुद्ध कारवाही गर्न नेकपा तयार रहेको स्पस्ट पार्दै भ्रस्ट कथित जनप्रतिनिधिहरुलाई पनि नछाडिने घोषणा गरे l
शान्तिका लागि नागरिक संजालका बिष्णु बरालले देशव्यापी घटना बढ्नुमा देशको शासन व्यवस्था कमजोर रहेको, जनमुखी शासन ब्यबस्था नरहेको जिकिर गर्दै निर्मला पन्तको बलात्कार पछिको हत्या घटनामा कि प्रमाण नष्ट गर्ने कार्यमा संलग्न व्यक्ति सहभागी हुनुपर्छा कि उसले थाहा पाएको व्यक्ति घटनाको दोषी हुनुपर्ने तर्क गरे l
जनसभा पुर्व पोखराको सृजनाचोकबाटजुलुस शुरु भै पृथ्वीचोकमा पुगेर बिरोध सभा भएको थियो l जुलुशमा सहभागीहरुले हत्यारालाई कारवाहीको माग गर्नुको साथै सुरक्षाको प्रत्याभूतिको माग सहितका नारा लगाएका थिए l