न्यायका लागि नेकपाको जनप्रदर्शनमा प्रहरी हस्तक्षेप्, चार नेकपाका नेता पक्राउ

न्यायका लागि नेकपाको जनप्रदर्शनमा प्रहरी हस्तक्षेप्, चार नेकपाका नेता पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ मंसिर २०७५
  • 6.1K
    Shares

निर्मला पन्तको न्यायका लागि जनप्रदर्शन भइरहेको बेला दाङमा प्रहरीले हस्तक्षेप गरी चार जना नेपाल कम्युनिष्ट पार्टीका नेताकार्यकर्तालाई गिरफ्तार गरेको छ ।

दाङको लमहीमा निर्मला पन्तको न्यायका लागि शान्तिपूर्ण कार्यक्रम गरिरहेका नेपाल कम्युनिष्ट पार्टी दाङका जिल्ला सचिवालय सदस्य किरण डाङी, एकराज चौधरी, अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष प्रितिमा चौधरी लगायत ४ जना विद्यार्थीलाई इलाका प्रहरी कार्यालय लमहीका प्रहरी उपरिक्षक अरुण सिंहको नेतृत्वको प्रहरी टोलीले विनाकारण गिरफ्तार गरेको नेकपा दाङले जनाएको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि राज्ले अहिलेसम्म अपराधीहरुलाई कानुनी कठघरामा ल्याउन नसकेको र उक्त घटनामा राज्यले देखाएको लाचारी, गैरजिम्मेवारीपना र अपराधीलाई संरक्षण गर्ने गतिविधिले सम्पूर्ण आम नेपाली जनसमुदायलाई लज्जित तुल्याएको अवस्थामा दबाबस्वरुप शान्तिपूर्ण रुपले कार्यक्रम भइरहेको बेला इलाका प्रहरी कार्यालय लमहीका प्रहरी उपरिक्षक अरुण सिंहको ठाडो हस्तक्षेपमा उनीहरुलाई गिरफ्तार गरिएको छ ।

दाङको तुलसीपुर, घोराही र भालुबाङमा भने जनप्रदर्शन कार्यक्रम विना हस्तक्षेप सम्पन्न भएको छ । निर्मला पन्तको न्यायका लागि आज नेकपाले देशभर एकैसाथ बिशाल जनप्रदर्शन गरिरहेको छ

प्रतिक्रिया