नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमाण्ड इन्चार्ज सुदर्शनले आफ्नो पार्टीलाई सरकारको तर्फबाट बार्ता सम्बन्धी कुनै आधिकारिक जानकारी नआएको अवस्थामा पार्टीले वार्ताको बारेमा केही नसोचेको बताएका छन । अखिल नेपाल किसान संघ(क्रान्तिकारी)को शनिबार काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै नेता सुदर्शनले यस्तो बताएका हुन् ।
उनले अघि भने –‘हामी बार्ताको विरोधी होइनौ लामो समयदेखी वार्ता प्रक्रियाबाटै आएका हौं, तर सरकारी पक्षबाट बार्ता सम्बन्धी प्रस्ट र आधिकारीक धारणा केही पनि नआएकोबेला हामीले बार्ताको बारेका केही सोचिरहेका छैनौं ।’
केही मुठीभर मानिसको हातमा रहेको वर्तमान राज्यसत्ता गरिब किसानहरुकको हातमा आएपछि मात्र सबैप्रकारका समस्या समाधान हुने दाबी गरे । पार्टीले अघि सारेको अवधारणा एकीकृत जनक्रान्तिको माध्यमबाट सर्वहारा गरिब किसानहरुको सत्ता वैज्ञानिक समाजवाद स्थापना हुने उनको भनाई थियो ।

भेलामा नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की‘जीवन्त’, अखिल (क्रान्तिकारी)का महासचिव प्रकाश शाही, नेकपाको मध्यकेन्द्रीय कमाण्ड कार्यालयका सचिव केदार खतिवडा, राष्ट्रिय कर्मचारी पशुसेवा विभागका संयोजक बासुदेव नाथ लगायत उपस्थित थिए ।
सो भेलाले राजु कार्की संयाेजक रहेकाे ४५ सदस्यीय सम्मेलन अायाेजक समिति गठन गरेकाे छ । साथै भेलाले किसान संगठनकाे नाम परिवतर्न गरेकाे छ । अव देखि संगठनकाे नाम अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) भएकाे छ ।
किसान महासंघ (क्रान्तिकारी) का संयाेजक राजु कार्कीले छिट्टै महासंघकाे राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिए ।