नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेकपाका नेता तथा कार्यकर्ताहरुको डायरीमा आत्मसमर्पण भन्ने शब्द नरहेको जिकिर गरेका छन् l क्रान्तिकारी पत्रकार संगठनले आयोजना गरेको तीन दिने पत्रकारिता तालिमको समापन समारोहमा बोल्दै पार्टी प्रबक्ता प्रकाण्डले यस्तो जिकिर गरेका हुन् l
सो अवसरमा उनले अघि भने, “यदि राज्यले जनता र रास्ट्रको पक्षमा लड्दा दमन गर्छ भने हामीलाई दमन स्वीकार्य छैन l हामी पनि जनताको सेना बनाएर लड्छौं l त्यस अवस्थामा हाम्रो डायरीमा आत्मसमर्पण भन्ने शब्द छैन l
उनले जनअपेक्षा अनुरुपको काम गर्न नसक्नु, सरकार भ्रस्ताचार्मा लिप्त हुनु, बिदेशी शक्तिले समेत त्यति धेरै नरुचाउनु र सत्तारुढ दल भएपनि अन्तर्द्वन्द्व हुनुले दुई-तिहाई बहुमत रहेको केपी ओली नेतृत्वको वर्तमान कम्युनिष्ट सरकारको आयु बढीमा आठ महिना रहेको दाबी गरे l
पोस्टपाटी डट कमका सम्पादक गोपाल चन्दलाई प्रहरीले पक्राउ गरेको प्रसङ्ग उठाउँदै नेता प्रकाण्डले समाचार लेख्ने पत्रकारलाई झुट्ठा मुद्दा लगाउनु गलत भएकाले तुरुन्त रिहा गर्न माग गरे l भरतपुरमा सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डमाथि आक्रमण प्रयास नै नभएको प्रमाणित गर्न सरकारलाई चुनौती दिंदै उनले सत्य र तथ्यगत जनताको पक्षमा समाचार लेख्ने पत्रकारलाई सरकारले कारबाही गर्न थाले सरकारविरुद्ध लाठो लिएर उत्रिन जनतालाई आव्हान गर्न पर्ने हुन सक्ने बताए l