“प्रचण्डमाथि आक्रमणको प्रयास” समाचार लेख्ने पोस्टपाटीका सम्पादक चन्द पक्राउ

“प्रचण्डमाथि आक्रमणको प्रयास” समाचार लेख्ने पोस्टपाटीका सम्पादक चन्द पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ मंसिर २०७५
  • 12.7K
    Shares

गोपाल चन्द

पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई महानगरीय अपराध महाशाखा (सिआइबी)को प्रहरी टोलीले काठमाण्डौंको मनमैजुबाट आज दिउँसो गिरफ्तार गरेको छ । नेकपाका अध्यक्ष प्रचण्डको बिषयमा समाचार प्रकाशित गरेपछि उनलाई प्रहरीले गिरफ्तार गरेको हो । अहिले उनलाई स्थित महानगरीय अपराध शाखामा राखिएको छ ।

यस अघि मङ्सिर ६ गते पोष्टपाटीमा ‘जनमुक्ति सेना बुझाएर पैसा खाएको भन्दै कार्यकर्ताद्वारा प्रचण्डमाथि खुकुरी प्रहारको प्रयास’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेपछि प्रहरीले निगरानी बढाएको थियो । उक्त समाचार साभार गरि प्रकाशित गरिएको अनलाईन ब्यबस्थापनले जनाएको छ ।

साइबर क्राइम बिषयलाई लिएर अनुसन्धानका लागि प्रहरीले गिरफ्तार गरेको बुझिएको छ ।

यसैबीच पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई प्रहरीले गिरफ्तार गरेकोमा क्रान्तिकारी पत्रकार संगठन नेपालले गिरफ्तारीको घोर भर्त्सना गरेको छ । संगठनले आज साँझ एक प्रेस बिज्ञप्ति जारी गरेर पत्रकारले लेखेको समाचार गलत थियो वा समाचारमा चित्त नबुझेको भए पत्रकारहरूको आचारसंहिता बनाउने जिम्मेवार निकाय प्रेस काउन्सिलबाट उचित उपचार खोज्न सकिने बताउदै, प्रहरीले जबरजस्त हस्तक्षेप गरी गिरफ्तार गर्नुले प्रेस काउन्सिलको समेत अपमान भएको जिकिर गरेको छ ।

हेर्नुहोस प्रेस बिज्ञप्तिको पूर्ण पाठ: 

क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले पछिल्लो समय देशव्यापी रूपमा मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा बहस चलाउँदै आएको छ । केही समयअगाडिदेखि लागू भएको मुलुकी ऐन २०७४ ले पत्रकारिता क्षेत्रमा स्वतन्त्रतापूर्वक काम गर्नसमेत नसक्ने स्थिति बनाइरहँदा यस्ता कानुनहरूलाई खारेजीको मागसहित हामीले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराइरहेका छौँ । हाम्रो सङ्गठन आज पनि कुण्ठित गरिएका पत्रकारका अधिकारको पुनर्बहाली गर्न सङ्घर्षरत छ । पछिल्लो समय देशका विभिन्न क्षेत्रबाट समाचार लेखेकै आधारमा पत्रकारहरूलाई धरपकड गर्ने, गिरफ्तारी गर्ने र मुद्दा लगाउने काम सरकारले गरेको छ ।

यसै सन्दर्भमा अनलाइन समाचार पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई प्रहरीले गिरफ्तार गरेको छ । समाचार लेखेकै कारणले उहाँलाई गिरफ्तार गर्नुले प्रेसजगत्को घाँटी निमोठिएको छ । समाचार गलत थियो वा समाचारमा चित्त नबुझेको भए पत्रकारहरूको आचारसंहिता बनाउने जिम्मेवार निकाय प्रेस काउन्सिलबाट उचित उपचार खोज्न सकिन्थ्यो । तर प्रहरीले जबरजस्त हस्तक्षेप गरी गिरफ्तार गर्नुले प्रेस काउन्सिलको समेत अपमान भएको छ । एउटा श्रमजीवी पत्रकारले जनतालाई सुसूचित गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दागर्दै कार्यस्थलबाटै गिरफ्तार गरिनु पत्रकारहरूको पेसागत मर्यादामाथिको हस्तक्षेप मात्रै होइन, पत्रकारिताको स्वतन्त्रताको धज्जी उडाउने कामसमेत भएको छ । पत्रकारलाई समाचार लेखेकै भरमा गरिएको अमानवीय हर्कतको हामी श्रमजीवी पत्रकारको हक, हित र सुरक्षाका लागि अहोरात्र सङ्घर्षरत हाम्रो सङ्गठन क्रान्तिकारी पत्रकार सङ्गठन घोर भत्र्सना गर्दछ । साथै गिरफ्तार पत्रकारको तत्काल रिहाइको माग गर्दै यस्ता हर्कतहरू पुनः नदोहो¥याउन अपिल गर्दछौँ ।

प्रकाश डुम्रे

अध्यक्ष

प्रतिक्रिया