जयबाबा ईट्टामा बिहानै गोली चल्यो, मेनेजर हुसेनको मृत्यु

जयबाबा ईट्टामा बिहानै गोली चल्यो, मेनेजर हुसेनको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ मंसिर २०७५
  • 8.6K
    Shares

सुनसरी जिल्लाको सोनापुरस्थित जयबाबा ईट्टामा आज बिहानै गोली चलेको छ । गोली प्रहारबाट उद्याेगका म्यानेजर ५४ वर्षीय फिदा हुसेनको मृत्यु भएको छ ।

दुहबी – ९ छाताबेलीमा रहेको जय बाबा इँटा उघोगमा ड्युटीमा गइरहेको बेला उद्याेगका म्यानेजर ५४ वर्षीयफिदा हुसेनमाथि गोली प्रहार भएको हो।

उनलाई उपचारको लागिनोबेल अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएकाे छ।

उनलाई आज बिहान ६:३० को समयमा अज्ञात समूहले गोली प्रहार गरेको हो। गोली कस्ले चलाएको हो ? भन्ने भएकी नभएको र त्यसबारे अनुसन्धान भइहेको छ । गोली प्रहार गर्ने समूहको खोजी कार्य सुरु गरिएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।

 

प्रतिक्रिया