रुपन्देहीका जिल्ला न्यायधिवक्ता निरौला घुस लिदालिदै पक्राउ

रुपन्देहीका जिल्ला न्यायधिवक्ता निरौला घुस लिदालिदै पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ मंसिर २०७५
  • 10.8K
    Shares

कोष हरि निरौला

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायधिवक्ता कोषहरि निरौला घुसरकमसहित पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भैरहवामा पक्राउ गरेको हो ।

टोलीले निरौलालाई ८० हजार रुपैयाँ घुस लिदालिदै पक्राउ गरेको हो । अहिले अख्तियारको टोलीले निरौलामाथि अनुसन्धान गरिरहेको छ । अनुसन्धान पछि उनलाई अख्तियारको टोलीले काठमाडौं ल्याउने बताइएको छ ।

प्रतिक्रिया