धर्म प्रचार गर्दै हिँड्ने तीन विदेशीलाई देशनिकालाको तयारी

धर्म प्रचार गर्दै हिँड्ने तीन विदेशीलाई देशनिकालाको तयारी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० कार्तिक २०७५
  • 7.7K
    Shares

अध्यागमन विभाग

पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गर्दै हिँड्ने तीन विदेशीलाई गृह मन्त्रालयले कारबाही स्वरूप जरिवाना गराएर देशनिकाला गर्ने तयारी गरिएको छ ।

जापानी यासुको ओबा र मारी इकुरा तथा तथा अस्ट्रेलियन महिला कटिया ग्राहमलाई जरिवाना गराएर देशनिकाला गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए ।

इसाई धर्म प्रचार गर्दैगर्दा पक्राउ परेका उनीहरू अहिले अध्यागमन विभागको हिरासतमा छन् । यासुको र मारी १८ कात्तिकमा बुटवलबाट पक्राउ परेका थिए भने अस्ट्रेलियन ग्राहम गत सोमबार बर्दियाको गुलरियाबाट पक्राउ परेकी हुन् ।

पर्यटक भिसामा नेपाल आएर अन्य कुनै काम गरे कारबाही हुने प्रावधान अध्यागमन ऐनमा छ । धर्म परिवर्तन गर्ने कार्यलाई त नेपालको कानुनले नै अवैध ठहर गरेकाले उनीहरूलाई कारबाही गर्न लागिएको विभागले जनाएको छ ।

प्रतिक्रिया