रेडियो थाहा सन्चारमा कार्यरत पत्रकार देविराम देवकोटामाथि बाँकेकाे काेहपुरमा आक्रमण भएको छ । बाँकेको कोहलपुरबाट काठमाडौँ आउने क्रममा देवकोटामाथि भेरी बस ब्यबसायी समितिका पदाधिकारीहरुले अाक्रमण गरेका हुन् ।
देवकोटाका पत्नी पार्वता थापा देवकोटाका अनुसार काठमाडौँ आउनलाई बसको टिकट काटेको तर हिड्ने बेला उक्त सिटमा समितिले अरुलाई नै बसालेपछि विवाद सुरु भएको थियो ।
देवकोटाले भेरी अन्चल यातायात व्यावसायी संघद्धारा सन्चालित् ५३ ६४ नम्बरको बसकाे सिट सहितका दुई टिकट काटेका थिए । तर समितिले दुबै सिटमा अरुलाई नै बसालेको थियो । बच्चालाई एउटा सिटको व्यवस्थापन गर्न आग्रह गर्दा करिब ७ बजेतिर उल्टै आक्रमण भएको पार्वताले बताइन् ।
पत्रकार देवकोटाको टाउको र आँखामा गम्भीर चोट लागेको छ । शरीरका अन्य भागमा पनि चोट लागेको छ । उनका कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । टाउकाको सिटीस्केन गरिएको छ ।