गृह मन्त्रालयभित्र आगलागी भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईको कार्यकक्षमा विहीवार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको हो ।
बिहीबार दिउँसो एसीको तार सर्ट भएर आगो लागेको राईले पुष्टि गरे । आगलागीबाट एउटा एसी जलेको छ।
आगलागी नियन्त्रणमा लिन तत्कालै दमकल गृह मन्त्रालय पुगेका थिए।