सिमा अतिक्रमण क्षेत्रमा आन्दोलन चर्काउने अखिल (क्रान्तिकारी)को निर्णय

सिमा अतिक्रमण क्षेत्रमा आन्दोलन चर्काउने अखिल (क्रान्तिकारी)को निर्णय


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ कार्तिक २०७५
  • 8.3K
    Shares

अखिल क्रान्तिकारी केन्द्रीय समिति

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सीमा अतिक्रमण र ज्यादतीको विरोधमा संघर्ष चर्काउने भएको छ । अखिल (क्रान्तिकारी) केन्द्रिय समितिको काठमाण्डौमा सम्पन्न तेस्रो पूर्ण बैठकले सीमा अतिक्रमण र ज्यादतीको विरोधमा संघर्ष चर्काउने निर्णय गरेको हो ।
भारतीय पक्षबाट गरिएको सीमा अतिक्रमणको बिरोधमा बिरगन्ज, झापा, सुनसरी, कञ्चनपुर, कैलाली लगायतका भारतसँग सिमा जोडिएका देशभरका सिमा क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको संगठनका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बि.क.ले जानकारी दिए ।
भारतीय हस्तक्षेप र सीमा अतिक्रमणको विरुद्ध नेकपानिकट अखिल (क्रान्तिकारी)ले लामो समयदेखि आन्दोलन गर्दै आएको छ । भारतिय साम्राज्यवाद द्वारा सिमा मिचिएको र अनावश्यक हस्तक्षेप गरिरहेको भन्दै संगठनले सिमा मिचिएका स्थानहरु स्थलगत अनुगमन पनि गरेको छ ।
यस्तै बैठकले बिद्यार्थीको हक, अधिकारको पक्षमा संघर्ष गर्ने र देशव्यापि रुपमा संगठन विस्तार अभियान चलाउने पनि निर्णय गरेको छ । जसअन्तरगत बैठकले तीन महिने कम्युनिष्ट विद्यार्थी अभियान सन्चालन गर्ने भएको छ ।
बैठकले कम्युनिष्ट विद्यार्थी अभियान नै चलाउने निर्णय गरेका नेता बि.क.ले जानकारी दिनुभयो । शिक्षा क्षेत्रको व्यापारीकरण, निजीकरणको अन्त्य र वैज्ञानिक समाजवादी शिक्षा स्थापनाका लागि देशव्यापि संघर्ष गर्ने समेत बैठकको निर्णय छ ।

पछिल्लो समय शिक्षा क्षेत्रमा निजीकरण सँगै व्यापारीकण हुँदै गएको छ । सार्वजनिक शिक्षाको स्तरोन्नति गर्न ध्यान दिनुपर्ने अवस्थामा शिक्षालाई ‘निजीकरण, व्यापारीकरण र माफियाकरण’ गरिएको भन्दै बिद्यार्थी संगठनले संघर्ष गर्न लागेको हो ।

प्रतिक्रिया