भरुवा बन्दुकले हानेर भान्जाको हत्या गरेको आशंकामा मामा पक्राउ

भरुवा बन्दुकले हानेर भान्जाको हत्या गरेको आशंकामा मामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ कार्तिक २०७५
  • 9.1K
    Shares

भरुवा बन्दुक

भरुवा बन्दुकले हानेर भान्जाको हत्या गरेको आशंकामा प्रहरीले मामालाई पक्राउ गरेको छ  ।अहिले प्रहरीको हिरासतमा रहेका अभियुक्त पर्सा  जिल्ला पर्सागढी नगरपालिका–३ निवासी  सन्तोष घले रहेका छन्  ।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, पर्सागढी नगरपालिका–३ स्थित बर्डिनिहारका १३ वर्षीय बालक आर्यन तामाङको मृत्यु भएको खबर पाएको प्रहरीले घटनास्थलको प्रकृति हेरेपछि मामा  सन्तोष घलेलाई पक्राउ गरेको हो ।

बुधबार बिहान घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कुकर पड्केर मृत्यु भएको जानकारी पाएको प्रहरीले घटनास्थल पुगेपछि कुकर पड्केको अवस्था नरहेको र बालकको निधारमाथिको भाग क्षतविक्षत पाइएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धानका क्रममा घटना शंकास्पद रहेको भन्दै मृतकका मामा सन्तोष घलेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले बताए  ।

अनुसन्धानका क्रममा घर नजिकैको जंगलबाट भरूवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

प्रतिक्रिया