सरकारले फैलाएको भ्रम चिर्न र सरकारी दमनको तयारीका बारे पर्दाफास गर्न क्रान्तिकारी पत्रकारहरुको टोली पुर्बी नेपालमा

सरकारले फैलाएको भ्रम चिर्न र सरकारी दमनको तयारीका बारे पर्दाफास गर्न क्रान्तिकारी पत्रकारहरुको टोली पुर्बी नेपालमा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ कार्तिक २०७५
  • 8.1K
    Shares

दलाल राज्यसत्ताले क्रान्तिकारीहरुकाबिरुद्द फैलाएको भ्रम चिर्न र सरकारी दमनको तयारीका बारे पर्दाफास गर्न विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समर्थित क्रान्तिकारी पत्रकार संगठन करीब दुई हप्ते अभियान लिएर पुर्बी नेपालतिर लागेको छ । अभियानका क्रममा क्रान्तिकारी पत्रकार संगठनले सरकारले नेकपाबिरुद्ध गरेको दमन र सरकारी दमनको तयारी बारे झापा, ताप्लेजुंग, महोत्तरी, बिराटनगर, बिरगंज लगायतका स्थानहरुमा अन्तरक्रिया कार्यक्रम गर्नेछ ।

मानवअधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिषयक बहस,छलफल एवम् अन्तरक्रिया कार्यक्रम चलाइनेअभियानमा सहभागी हुन क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे, महासचिब हिम बिस्ट र सचिब सिर्जना तिमिल्सेना पुर्बतर्फ लागेका छन् l

पछिल्लो पटक दलाल राज्यसत्ताले नेकपाबिरुद्ध पुर्बी नेपालमा ब्यापक दमन नीति अपनाउंदै गैर कानुनी गिरफ्तारी, धरपकड गर्नुका साथै निशस्त्र रुपमा भेला भै राजनीतिक गतिबिधि गर्ने अधिकार खोसेको छ l

पछिल्लो समय राज्यपक्षबाट अधिकतम दमन गरिएको प्रदेश १ का विभिन्न जिल्लामा पुगि अभिव्यक्ति स्वतन्त्रतामा राज्य पक्षबाट गरिएको दमन र हस्तक्षेपका बिरुद्ध मानवअधिकारकर्मि,कानुनी व्यवसायी,नागरिक समाजका अगुवा,बुद्धिजीवी,व्यवसायी,विभिन्न राजनीतिक दलका नेताहरू सँग बहस एवम् अन्तरक्रिया गरि राज्य पक्षबाट सविधान प्रदत्त अधिकार समेत खोसेको बिषयलाई राज्य पक्षलाई सचेत एवम् ध्यानाकर्षण गराउने कार्यक्रम तय भएको छ ।

सँगठनले यस अगाडि कञ्चनपुर,कैलाली,बाँके,सुर्खेत,दाङ,बुटवल, कास्की,चितवन,काठमाडौ, धनुषा र सिन्धुलीमा कार्यक्रम सम्पन्न गरिसकेको छ ।

अधिकतम् राज्यले दमन गरेको क्षेत्र पुर्व जादै क्रान्तिकारी पत्रकार सँगठनको केन्द्रीय टोली काठमाडौं सँवाददाता कार्तिक २५, क्रान्तिकारी पत्रकार सँगठन नेपालले पुर्वका एक दर्जन जिल्लामा मानवअधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिषयक बहस,छलफल एवम् अन्तरक्रिया कार्यक्रम चलाउने भएको छ । पछिल्लो समय राज्य पक्षबाट अधिकतम दमन गरिएको प्रदेश १ का विभिन्न जिल्लामा पुगि अभिव्यक्ति स्वतन्त्रतामा राज्य पक्षबाट गरिएको दमन र हस्तक्षेपका बिरुद्ध मानवअधिकारकर्मि,कानुनी व्यवसायी,नागरिक समाजका अगुवा,बुद्धिजीवी,व्यवसायी,विभिन्न राजनीतिक दलका नेताहरू सँग बहस एवम् अन्तरक्रिया गरि राज्य पक्षबाट सविधान प्रदत्त अधिकार समेत खोसेको बिषयलाई राज्य पक्षलाई सचेत एवम् ध्यानाकर्षण गराउने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया