बोक्सीको आरोपमा फेरि कुटिइन् राधा चौधरी

बोक्सीको आरोपमा फेरि कुटिइन् राधा चौधरी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ कार्तिक २०७५
  • 11K
    Shares

राधा चौधरी

कैलालीको घोडाघोडी नगरपालिका, ५ की राधा चौधरीमाथी पुन: बोक्सीको आरोपमा कुटिएकी छिन । उनलाई  स्थानीय २८ वर्षीय कालीचरण चौधरीले कुटेका हुन् ।

उनले सामान्य विवादमा राधालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको बताइएको छ ।  सामान्य विवादमा बोक्सीको आरोप लगाउँदै कुटपिट गरिएको भन्दै परेपछि इलाका प्रहरी कार्यालय शुख्खडको टोलीले स्थानीय कालिचरणलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरि ओलीले जानकारी दिए ।

देउकलियाकी राधामाथि बोक्सी आरोपमा गत फागुन २४ गते पनि निर्घात कुटपिट भएको थियो । राधालाई ७ घण्टासम्म मरणासन्न हुनेगरी कुट्ने भोलेबाबा भनिने रामबहादुर चौधरीसहित ३ जना अदालतको आदेशपछि जिल्ला कारागारमा कैद सजाय भोगिरहेका छन् । सो घटनामा ६ जना पक्राउ परेका थिए ।

प्रतिक्रिया