सिन्धुलीबासीहरुद्वारा सरकारको कडा आलोचना : जनभावना विपरित जान थालेको आरोप

सिन्धुलीबासीहरुद्वारा सरकारको कडा आलोचना : जनभावना विपरित जान थालेको आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २१ कार्तिक २०७५
  • 9.5K
    Shares

सिन्धुलीका मानवअधिकारकर्मी,पत्रकार,नागरिक समाज तथा राजनीतिकदलका अगुवाहरुले सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै जनताले  गणतन्त्र अाएको अनुभुती हुन नसकेको बताएका छन । उनीहरुले केन्द्र, प्रदेश एवम् स्थानीय सरकार जनभावना विपरित जान थालेको आरोप पनि लगाए ।

क्रान्तिकारी पत्रकार संगठन,नेपाल केन्द्रीय समितिको आयोजना र सिन्धुलि शाखाको संयोजनामा सिन्धुलिगढिमा अायोजित अन्तरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले निरङकुसताको लागि लडेका मान्छे सता र सरकारमा गएपछि पञ्चायतमा भन्दा पनि निर्मम र दमनकारी बन्दै गएको आक्षेप लगाए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य द्वारिका काफ्लेले सरकारले भदौ १ बाट लागु गरेको मुलुकी सँहिताले सरकार प्रेस बिरोधि बन्न खोजेको बताए । प्रेस जगतलाई सरकारले हेर्न दृष्टिकोण र गर्ने व्यवहार जति निरङकुस हुन्छ त्यति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने र बिद्रोह जन्मेर अान्दोलन हुने बताए ।

पुनरावेदन वार एसोसिएसनका प्रेम चन्द्र दाहालले सरकारको दमनकारी चरित्रले कानुन व्यवसायीहरु अचम्मित भएको बताउंदै स्पष्ट बहुमत सहितको बहुमतको सरकार कम्युनिस्ट हौं भन्नेहरुलाई समेत लाजमर्दो भएको बताए । झापा बिद्रोह र १० बर्षे जनयुद्ध लडेका तथा रास्त्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा चर्को वकालत गर्नेहरु नै सत्तासीन भएपछी जनभावना र जन अपेक्षाविपरीत चरम मुल्यबृद्धि, कालाबजारी, कर वृद्धि हुनुले सरकार जनताका अधिकार प्रति सरकार गम्भीर नभएको पुस्टि हुने दाबी गरे l

मानवअधिकारकर्मि प्रेम रानाले विचार अास्थाका अाधारमा विभिन्न बाहाना बनाएर नागरिकलाई दुख दिनु गलत भएको बताए । गणतन्त्र अाईसकेको अवस्थामा पनि राज्यको कार्यशैली पञ्चायती जस्तो निरङकुस बन्दै जानुले कम्युनिस्ट व्यवस्थामा नया राजाहरु जन्मेको हो कि भन्ने भान भएको बताए । अधिकारकर्मि रानाले जनता सिटामोल खान नपाएर दैनिकि चलाउदै गर्दा राज्य सञ्चालकहरु अरबौ खर्चेर बिदेश उपचार गराउन जानुले कम्युनिस्ट सरकारको नैतिक मुल्य र धरातल सकिदिएको बताए ।

ईन्सेक प्रतिनिधि एवम् नेपाल पत्रकार मँहासघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डेले  सरकारको कार्यशैलीले मिडिया जगत प्रति सरकार कठोर बन्दै गएको अनुभूति भईरहेको दाबी गरिन ।

,बुद्धिजीवी एवम् प्रध्यापक भिमबिक्रम थापा,हरि बहादुर कार्की,नेकपाका जिल्ला नेता सविन श्रेष्ठ लगाएत कार्यक्रममा सहभागीहरुहरुले कार्यक्रममा सरकारले दिएको सबैधानिक अधिकार समेत खोसेको बताए नेपाल कम्युनिस्ट पार्टीको नेता श्रेष्ठले शान्तिपूर्ण तरिकाले भेला,सम्मेलन,छलफल गर्न पनि बन्देज गरेर सरकारले पञ्चायती व्यवस्थाको झल्को दिएको बताए ।

क्रान्तिकारी पत्रकार संगठन,नेपालले देशभर सञ्चालन गरिरहेको अभियानको क्रममा सिन्धुलिमा अायोजना गरेको हो । अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव हिम विष्टले गरेका थिए भने स्वागत जिल्ला सँयोजक एसपि सौगातले गरेका थिए ।

प्रतिक्रिया